20200513

सीमा विवादबारे छलफल गर्न सबै दलका नेता र पूर्वप्रधानमन्त्रीको सर्वदलीय बैठक

unn.prixa.net
प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका छन् ।
  विपक्षी दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि कुटनीतिक र राजनैतिक रुपमा उच्चस्तरमा पहल गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भन्दै उहाँले तत्काल उच्चस्तरबाट पहल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले वक्तव्यबाजी मात्रै नगर्न आग्रह गर्दै तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सीमा विवादबारे बाहिर हल्ला गर्ने भित्र केही पनि नगर्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ ।
पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले नागरिकलाई गुमराहमा राखेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सीमा विवादबारे छलफल गर्न सबै दलका नेता र पूर्वप्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा बोलाउनुभएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक