20200522

लौन सासू आमै !

ए सासू आमै... 
एक चोटि हा हा हा हाच्छ्युँ.... 
मात्र के गरेको थिएँ 
हजुरकी छोरी न नजिक पर्छिन् 
यसो उनलाई हेर्छु म  
म त बाघ भालु नै हो कि जस्तो पो गर्छिन्
झन् पर पर पो सर्छिन् 
भान्छामा भेट हुन्न 
बेडमा भेट हुने कुरै भएन  
लौन सासू आमै 
छोरीलाई सम्झाइदिनु पर्‍यो ! 
ज्वाँईको मर्का बुझाई दिनुपर्‍यो !
खोँकी लाग्नै हुन्न 
ज्वरो आउनै हुन्न
भित्र भित्रै हाच्छ्युँ कहिले सम्म सम्म रोकूँ म ?
भित्र भित्रै खोँकी कहिले सम्म खोँकु म ?   
ससुरा बा सँग के कुरा लगाउनु र खोइ !
भन्नु पनि के भन्नु ??
कसरी भन्नु !!
म त ठुलो फसाद मा पो परेँ 
अनि जे होला होला भन्दै  
तपाईँलाई यो बिन्ती बिसाउने हिम्मत गरेँ   
लौन सासू आमै, 
छोरीलाई सम्झाइदिनु पर्‍यो ! 
ज्वाँईको मर्का बुझाई दिनुपर्‍यो !
- रामप्रसाद खनाल, मे २२, २०२०

Image may contain: Ram Prasad Khanal   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक