20200616

राजा र दलका बिचमा समझदारी कायम गरी राजा ज्ञानेन्द्रलाई सत्ता छोड्न लगाएका भारतीय पुराना नेता करण सिंहको हिजो प्रकाशित प्रेस विज्ञप्तिले राजनीति बुझ्नेहरूका बिच तरङ्ग पैदा !

Breaking News 
२०६२ / २०६३ को आन्दोलनताका भारतीय सरकारको विशेष दूत बनेर नेपाल आएका र राजा ज्ञानेन्द्रलाई मनाएर सत्ता छोड्न लगाएका भारतीय पुराना नेता करण सिंहको हिजो प्रकाशित प्रेस विज्ञप्तिले राजनीति बुझ्नेहरूका बिच अहिले ठुलो तरङ्ग पैदा गरिदिएको छ । करण सिंह तिनै मध्यस्थकर्ता हुन जसले संवैधानिक राजसंस्था र बहुदलिय प्रजातन्त्र कायमै राख्ने गरी राजा र दलका बिचमा समझदारी कायम गराएका थिए र राजालाई मन्त्री परिषद्को अध्यक्ष छोड्न, दलहरूलाई सत्ता बुझाई दिन राजी बनाएका थिए । त्यस लगत्तै बेइमानी गरेका काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरूले समझदारी विपरीत २ वर्ष पछि अचानक रूपमा गणतन्त्र घोषणा गरेका थिए । भारतको राजनीतिमा पनि बदलाव आएका कारण त्यस पछि त्यो सम्झौता माथि बेइमानी भएको भन्दै पूर्व राजा ज्ञानेन्द्रले हामी र दलहरू बिच भएको सम्झौता भन्दै बारम्बार उठाउने गरेको कुरा यहाँ स्मरणीय छ । नेपालको नक्सा प्रकरण पछि भारत अब बल्ल आफूहरूलाई कम्युनिस्टहरूले धोखा दिएको भन्दै राजा र दलहरू बिचको सम्झौता र दिल्लीको १२ बुँदे सम्झौताको खोजीमा तल्लीन भएकै बेला आएको करण सिंहको यो विज्ञप्ति आफैमा लेटर बम साबित हुँदै छ । कूटनीतिक भाषामा करण सिंहले निकालेको विज्ञप्ति निकै अर्थपूर्ण छ । राजनीति बुझ्नेहरूका लागि अब नेपाल भारत राजनीतिको नयाँ चरणमा प्रवेश गर्ने तर्फ अग्रसर भएको बुझ्न कठिन छैन । हेर्नुस् करण सिंहको अर्थपूर्ण विज्ञप्ति जस्ताको तस्तै :


Aghast' at disorientation into which Cong fell since Rahul quit ...

1 comment:

  1. The relation between Nepal and India has not deteriorated up to now just because of Nepal's negligence towards India's hegemonic treatment to Nepal in almost all aspects. Now Nepal has been seeking her right to her land, and this Indian leader writes this way. Nepal has long been endeavouring to have all level of talks bilaterally for a long time on issues of Indian encroachment on Nepali land ,but why none of Indian leaders and intellectuals heeded Nepal's call? Nepal has to be inwardly competent, and fight for her sovereignty and integrity. None of the Nepalese leaders should not betray Nepali this time . Never kneel down to India.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक