20200707

नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्री नियुक्त, हार्दिक बधाई थापाजी !


नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । नयाँ आईजीपीको दौडमा क्षेत्री सहित एआईजी हरिबहादुर पाल पनि हुनुहुन्थ्यो ।
कार्यसम्पादन मूल्याङक अनुसार क्षेत्री पहिलो र पाल दोस्रो नम्बरमा हुनुहुन्थ्यो । क्षेत्री हाल प्रहरीको मानव स्रोत तथा प्रशासन विभागका प्रमुख हुनुहुन्छ । वर्तमान महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण भोलि (बुधबार) मध्यरात देखि नियमित अवकाशमा जाँदै हुनुहुन्छ । गत फागुन २८ गते सरकारले ज्ञवालीलाई २७ औं महानिरीक्षमा नियुक्त गरेको थियो । २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्रीले २०७९ बैशाख १८ गतेसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नुहुनेछ ।  हार्दिक बधाई थापाजी !  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक