20200927

नयाँ सोंच बिकासका लागि रमेश पौडेलजीलाई हाम्रो पनि हार्दिक बधाई र हार्दिक शुभकामना ।

 कवि, गीतकार, रेडियो प्रस्तोता, बहुमुखी प्रतिभा रमेश पौडेलले एच. डी. बुकको नयाँ कन्सेप्ट लिएर आएका छन् । कवि, लेखकहरूका लागि   पौडेलले बनाएको यो कन्सेप्ट फलदायी, सरल र विश्वव्यापीकरण गर्न निकै सजिलो हुने छ । 

संसारमा अडियो बुक, ई बुक पछि कस्ता / कस्ता किताब निस्किएका छन् भनेर सोध खोज र अध्ययन गरेका पौडेलले सोंचे खोजेजस्तो किताब नभेटेपछि यस्तो किताबको परिकल्पना गरेको उनको दाबी छ । 

६ सयभन्दा बढी साहित्यिक कृतिका आवरण सजाई सकेका पौडेल अडियो मिस्क्सङ र ग्राफिक डिजाईनमा दखल राख्छन् । नेपाली मुक्तक विधामा सोध, खोज र सिर्जनामा लागेका पौडेलले पहिलो किताब नेपाली मुक्तकका अग्रज साधककै सम्मानमा निकाले । नेपाली मुक्तकको जग र उचाइ ।

 यो नौलो किताबमा भीमदर्शन रोका, टेकबहादुर नवीन, भूपि शेरचन, हरिभक्त कटुवाल, कृष्णप्रसाद पराजुली र रत्नसम्शेर थापाका रोज्जा मुक्तकहरू पढ्न,सुन्न र हेर्न पाईन्छ । मुक्तक संसारले प्रकाशनमा ल्याएको यो किताब असोज १० गते शनिबार आवरण क्रियशनको यूटुव च्यानलबाट विश्वव्यापीकरण गरिएको छ । 

नयाँ सोंच बिकासका लागि रमेश पौडेलजीलाई हाम्रो पनि हार्दिक बधाई र हार्दिक शुभकामना ।



 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक