20201011

कर्णाली प्रदेश सरकारलाई सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता

 

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध सत्ता पक्षकै १८ जना सांसदले आज नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाउनु भएको हो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्ती मगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह, धर्मराज रेग्मी लगायत हुनुहुन्छ ।

प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आउनु भएकाका सत्ता पक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आउनु भएको थियो ।

मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपा भित्र पटक—पटक विवाद हँुदै आएको छ । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णालीमा पार्टी एकीकरणले मुख्यमन्त्री तत्कालिन माओवादीको भागमा परेको थियो ।

यता प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताउनुभयो ।

हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका पाँच जना सांसद हुनुहुन्छ । तत्कालिन नेकपा एमालेको बहुमत रहेको कर्णाली प्रदेशमा दुई पार्टीको एकीकरणपछि मुख्यमन्त्री तत्कालिन माओबादीको भागमा परेको थियो । 

आकाश तारा बयक/ Radiyo Nepal



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक