20201116

नेपालमा हाल सम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको कूल सख्या १ हजार २ सय ३० !

 काठमाडौं । आज थप २ हजार ९ सय ३४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको तथ्यांक अनुसार नेपालमा कोरोना मुक्त हुने दर ८३ दशमलव ६ प्रतिशत पुगेको छ । यसैगरी आज थप १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । आज ४ हजार ८ सय ३२ वटा नमूना परीक्षण गर्दा ७ सय ३५ जना पुरुष तथा ४ सय ६२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौ उपत्यकामा मात्रै ४ सय ५५ जना पुरुष तथा ३ सय ५२ जना महिला गरी जम्मा ८ सय ७ जना संक्रमित थपिएका छन् । यो संगै नेपाल हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कूल संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । कूल संक्रमित मध्ये ६६ प्रतिशत अर्थात १ लाख ३९ हजार ५ सय ६५ जना पुरुष तथा ३३ प्रतिशत अर्थात् ७१ हजार ४ सय ८ जना महिला रहेको मन्त्रालयले जनाएको छ । आज ३३ हजार ३ सय ७९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये २८ हजार ४ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हाजर ९ सय ३० जना विभिन्न अस्ताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी गम्भिर लक्षण देखिएका ३ सय ५४ जनाको आइसियु तथा ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना भाइरस संक्रमण बाट आज थप ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको कूल सख्या १ हजार २ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक