20201102

जातकाे प्रश्नले खाेजेकाे जवाफ के ?

  • - केदार कोइराला- 

साँझ करिब ६ बजेकाे हुँदाे हाे ल्याण्डलाइनमा फाेन आयाे
एताबाट: हेलाे
उताबाट: हरीशंकरजीकाे घर हाे ?
एताबाट: हाेइन, उहाँ तल भाडामा बस्नुहुन्छ
उताबाट: एकचाेटी बाेलाइदिउँ न एकदम जरूरी छ
एताबाट: एकैछिन है, म बाेलाइदिन्छु । उहाँ त हुनुहुन्न रे बाहिर निस्कनु भएकाे छ रे
उताबाट: ए, सुन्नुस त म पशुपतिभक्त महर्जन बाेल्या उहाँ आउने बितिक्कै मलाई फाेन गर्न लाइदिनुस् है जरूरी छ भनेर ।

बुवा आउनुभाे तल श्रीमतीजीले जानकारी गराएपछि मैले तल गएर बुवालाई खबर गरें । बुवा, पशुपतिभक्तजीकाे फाेन आकाेथ्याे एकदमै जरूरी छ रे आउने बितिक्कै फाेन गर्नु रे । हस्, बाबू म आइहाँले भन्दै उहाँ माथि उक्लिनुभाे र फाेन लगाउनुभाे पशुपतिजीलाई ।

एताबाट: ए हजुर, हजुरकाे फाेन आकाे रछ म एसाे टहलिन निस्केकाे थिएँ । मर्जि हाेस् न

उताबट के के कुराभाे था भएन, त्यस्तै पाँच-सात मिनेट जति कुरा भाे हाेला । फाेन राख्ने बित्तिकै बुवाले भन्नुभाे हाेइन हाै केदार बाबू तपाईंकाे घर त लच्छिनकाे पाे रैछ त । किन र बुवा के भाे ? हाेइन दरबारकाे फाेन हाेनी त्याे मलाई आकाे । पशुपतिभक्त महर्जन भनेका राजाका निजी सचिव क्या । अनि के भाे त लच्छिनकाे कुरा बुवा ? मेराे प्रतिप्रश्नकाे जवाफ नै नदि कुद्नुभाे बा त ।

हरीशंकर परियार नेपाली काँग्रेसका नेता, शाहीकालकाे मन्त्री । मन्त्री हुनु करिब तीन महिना अगाडि मेराे घरमा भाडामा बस्न आउनुभएकाे । हरीशंकर परियारसँग जाेडिएकाे मेराे घरायसी सत्यकथा जति राेचक छ त्यति नै घाेचक पनि छ । ब्राम्हणकाे घरमा दलित ? वरपर, छरछिमेकले नाक खुम्च्याउँदै गरेकाे टिकाटिप्पणीकाे कुनै वास्ताव्यास्ता गरिएन । नातापाता, चिनजानका आउने जाने क्रममा पनि ब्रेक लाग्दै गयाे । एकदिन राति अफिसबाट फर्कँदा अलि ढिलाे भएकाे थियाे । ढाेकामा पुलिस बन्दुक बाेकेर उभिएकाे देखेर डरपनि लाग्याे । “हजुर काे” पुलिसले साेधे ? म याे घरकाे घरबेटी पुलिसकाे प्रश्नकाे जवाफ त दिएँ । तपाईं किन यहाँ बन्दुक बाेकेर ? साेध्न नपाइ पुलिसले नै प्रस्ट्याए “हजुर हामी मन्त्रीज्यूकाे सुरक्षा” । मुन्तिर छिंडीमा बस्ने हरीशंकर बा त मन्त्री पाे भैसके छन् रातारात ।

No description available.कालाे काँग्रेस शाहीकालकाे मन्त्री । असन्तुष्टिकाे ज्वारभाट चलिरहेकै थियाे । शाहीकदमकाे विराेध स्वरूप दैनिक जस्तै समाचारसहित मैले चलाइरहेकाे टेलिभिजन कार्यक्रम शाहीकदमकाेविरुद्ध र आन्दाेलनकाे पक्षमा बढी केन्द्रित भैरहकाे थियाे । आन्दाेलनकारीकाे चरित्र बाेकेर राजाले डामेका मन्त्रीलाई संरक्षण दिनु उचित लागेन । झण्डा फरफराएकाेमा त आपत्ति हाेइन कसरी गाडीयाे झण्डा मूलकराे त्यता केन्द्रित थियाे । मन्त्रीबा अब त क्वाटरतिर सर्ने हाेइन ? घर छाेडाउने उद्देश्यले गरेकाे प्रश्नकाे जवाफ सुनेर मेराे मुख बन्द भाे । “केदारबाबू कतिदिनकाे मन्त्री हाे, बल्लबल्ल बास पाइएकाे छ म त जान्न क्वाटरस्वाटर ।” नाजवाफ भएर उक्ले मास्तिर । एकदिन दुईदिन हुँदै आन्दाेलनले उग्र रूप लिँदैथ्याे । टाेलटाेलबाट माेर्चासहित आन्दाेलनमा सरिक हुने क्रम बढ्न थाल्याे । टाेलबासी मित्र शिव भट्टराइले मुख खाेलेरै भने “ए काले तँ चै शाहीकदमकाे विराेधमा आन्दाेलन गर्दै हिंड्ने घरमा चैं राजाकाे मन्त्री राखेर झण्डा हल्लाउने याे भएन त्याे मन्त्रीलाई निकाली हाल” ।

कर्फ्यू लाग्याे आन्दाेलनले उग्र रूप लियाे । घरघरबाट राँकाेसहित राँके जुलुस टाेलटाेलबाट निस्कन थाले । आज मन्त्रीकाे घर जलाउने भन्ने कार्यक्रम बनेकाे सुईंकाे पाएर बेलैमा घर फर्कदै थिएँ घर अगाडि राँकाेसहित जुलुस आइसकेकाे रहेछ । राँकाे लगाउन आएकाहरूबाटै एकजनाले भन्दै थिए “ए याे त मन्त्रीकाे घर हाेइन केदारदाजुकाे घर हाे” । जुलुस अगाडि पुगेर हात हल्लाउँदै आफैंले राेके र भनें “याे मन्त्रीकाे घर हाेइन भाडामा बसेका हुन्, मन्त्री भएर बस्न आकाे हाेइन म निस्कन भन्छु तपाईंहरू जानुस्” । आग्रह गरेपछि आन्दाेलनकारी फर्के । मुटु ढुकढुक भैरहेकै थियाे । सरासर भित्र पसेर ल बा अब चैं सर्नै पर्ने भाे तपाईं । मेराे आग्रह सहस्र स्विकार्दै हुन्छ बाबु मैले आफ्नै आँखाले देखें विराेध, म आजै सर्छु भन्दै मन्त्रीजीले फाेन घुमाउन थाल्नु भाे । म लागें आफ्नाे काममा बेलुका घर फर्कँदा त भिडभाड हुने घरवरपर चराेमुसाे केही छैन सुनसान छ । मन्त्रीजी त क्वाटरतिर सरी सक्नुभएछ। “शाहीकालमा झण्डै जलेन काेइराला निवास” समाचार पनि बनाए साथीभाइले ।

No description available.राजेश हमालकाे हाइट, फाइट र साइट लाेकपृय, प्रसंशनीय र उल्लेख्य छन् दुईमत छँदै छैन । पछिल्लाे टिभी कार्यक्रमले राजेश हमालमाथि प्रश्नहरू उठे । सधैं राजनितीक दलहरूले उठाउने एजेण्डा राजेश हमालकाे प्रस्तुति बन्याे । दर्शकले हेरे, कतिले गाली गर्न पनि भ्याए । जातकाे प्रश्न के उद्देश्यले उठाइयाे ? कस्काे निर्देशनमा उठाइयाे ? राजेश हमाललाई नै किन प्रस्ताेता चयन गरियाे ? यी अनुत्तरीत प्रश्नकाे जवाफदेही काेहि छैन । सामाजिक सद्भाव बिथाेल्ने उद्देश्य हाे ? या डलर पचाउने मेलाे ? लगानीकर्ताले लगानी गर्दा नाफा त खाेजेकै हुन्छ । हाेइन याे चेतनाकाे लागि दलित समुदायकाे उत्थानकाे लागि हाे भने याे कार्यक्रम कुन वर्गले हेरे र त्याे लक्षितवर्ग कति लाभान्वित भयाे ? छ कार्यक्रम निर्मातासँग यसकाे तथ्यांक ?

हाम्राे गरिबी, हाम्राे सद्भाव र हाम्राे भावनामाथि डलर आक्रमण गरेर सामाजिक सद्भाव बिथाेल्नु नै पश्चिमाकाे लक्ष्य भैसक्याे । अझ हाम्राे कला संस्कृति, रितिरीवाज र सनातन धार्मिक सहिष्णुताकाे चिर हरण गरेर “जयमसि” समुदाय वृद्धिमा तल्लिन पश्चिमा बिचाैलियाकाे बिगबिगी जताततै फैलिँदाे छ । फरक-फरक विधाबाट आफ्नाे मक्सद पूरा गर्न लागिपरेका दलालकाे चंगुलमा विचार र विवेक बन्दक भयाे भने विद्वता र सालिनताकाे के अर्थ ? हाे जातकाे प्रश्नले डलर ल्याउने र काम गर्नेलाई शुभ लाभ गरायाे हाेला । जानेकाे, सिकेकाे सीप प्रयाेग पनि गरियाे हाेला तर सन्तुष्टि पक्कै पनि मिलेन । किनभने याे कार्यक्रमले सकारात्मक भन्दा नकारात्मक सन्देश प्रवाह बढी गर्‍यो । समानताका लागि समता हाे भने कार्यक्रम निर्माताले डा. नवराज लम्साललाई प्रेरणाकाे स्राेत बनाउन सक्नुपर्थ्याे । हरीशंकर परियारकाे अनुभव प्रस्तुत गर्नुपर्थ्याे । साँच्चै उत्पिडनमा बाँचेका दुरदराजका ती दलितकाे आत्मकथा समेट्न सक्नुपर्थ्याे । दलित र छुवाछुत डलरमा बेचेर सुकिला भएका र निर्जिव जस्तै साेचबाट ग्रसित पूर्व प्रधानमन्त्री भनाैदाहरूकाे भनाइ प्रस्तुत गरेर जातपात र छुवाछुतकाे अन्त्य मदारीकाे चटक मात्रै हाे । जिम्मेवारी र जवाफदेही नै हुनुनपर्ने गैरजिम्मेवार सन्देश त कार्यक्रमकाे सूचनामै उल्लेख छ । हेर्नाेस त याे सन्देश-

No description available.

कलहकाे बिउ हाे जातकाे प्रश्न भन्ने कुराकाे सन्देश त कार्यक्रमकाे शुरूमै प्रष्ट पारेकै छ । जवाफदेही नहुने सन्देश प्रवाह गर्नु नै विवाद सृजना हुन्छ भनेर स्विकार्नु हाे । दलित शब्दमाथि लगानी, छुवाछुतकाे नाममा बिग्रह नै जातकाे प्रश्नमा लगानीकाे उद्देश्य हाे भन्ने कुराकाे हेक्का राख्नुपर्थ्याे राजेश हमालले । दलितमाथि शोषण, छुवाछुतकाे नाममा अपहेलना पाच्य हुने कुरै हाेइन । त्याे जातीय उत्पिडनलाई गिजाेलेर सामाजिक सद्भाव खलबल्याउने र धर्मले उचनिच देखायाे भन्दै धर्म परिवर्तन गर्न प्रेरित गर्ने डलरवादीबाट समाजलाई बचाउनु जरूरी भैसकेकाे छ । कलाकारकाे कलाकारिता समाज सुधारकाे कडी बन्नुपर्छ । सफल कलाकारकाे व्यक्तित्व राष्ट्रकाे सम्पत्ति हाे । त्यसैले पनि कलाकारकाे कलाकारिता दुरूपयाेग हुनु हुँदैन । पैसाकाे लागि जे पनि गर्छन् कलाकार भन्ने आराेप भन्दामाथि उठेर कलाकार राष्ट्रकाे गहना हाे भन्ने उदाहरण बन्नसक्नुपर्छ एउटा कलाकारले । राजेश हमालकाे व्यक्तित्वमा निशंकाेच भन्न सकिन्छ उनीमा लाेभ,लालच र घमण्ड छैन । किन प्रयाेग भए त राजेश हमाल जातकाे प्रश्नमा ? मेराे काैतुहलता मेटाउन् राजेश हमालले । महानायककाे परिपक्व यात्रामा तगाराे हाल्ने कुत्सित उद्देश्य राख्नेहरूका लागि खर्चिएकाे याे आलेख पढ्नेलाई फुलकाेमाला नपढ्नेलाई अक्षरकाला । ॐ नम: शिवाय।।

(लेखक कोइराला एभिन्यूज खबरका खबर प्रमुख हुन् ।)

2 comments:

  1. धर्म र राजनीतिको प्रमुख दाइत्व भनेकै जातिबाद र असमान ताको निरकारण गर्नु हो र मानब लाई दुर्घटना बाट बचाउनु । जुनकुरा केदार जी ले आफु परिवार र सम्पतिलाई समेत जोखिममा राखेर बचाउनु भयो र यस्ता जानकारीलाई मदरलाईन्द जस्तो संचार माध्यमले स्थान दिनु भएकोमा प्रसम्सनियछ ।

    ReplyDelete
  2. Thank you Kedar jee for your humanity.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक