20201109

नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४, मृत्यु हुनेको संख्या १ हजार १ सय २६

 आज काठमाडौ उपत्यकामा १ हजार ४ सय २८ सहित देशभर २ हजार ५ सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार १ सय ७७ जनामा पिसिआर परिक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५ सय २० पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ सहित काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाईरसबाट आज प्रदेश १ मा ३ सय ९ जना, प्रदेश २ मा ६३, वागमती प्रदेशमा १ हजार ६ सय २०, गण्डकी प्रदेशमा २ सय १६, लुम्विनी प्रदेशमा १ सय ७६, कर्णाली प्रदेशमा २० र सुदुरपश्चिम प्रदेशमा १ सय ६७ जना संक्रमित भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै कोरोना भाईरसका संक्रिय संक्रमितमध्ये २९ हजार ८ सय ३६ जना होम आईसोलेसनमा छन भने गम्भिर लक्षण देखिएका ४ सय ११ जनाको आई.सी.यू र ८३ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज १ हजार ७ सय ९८ जना कोरोना भाईरस संक्रमणबाट मुक्त भएसँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

कोरोना भाईरसको संक्रमणका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक