20201125

बालिका हत्याको विरोधमा महोत्तरीका विभिन्न ठाउँमा बुधबार दिनैभरि प्रदर्शन

 
महोत्तरी – बालिका हत्याको विरोधमा महोत्तरीका विभिन्न ठाउँमा बुधबार दिनैभरि प्रदर्शन भएकाे छ । महाेत्तरीकाे बर्दिवास, जलेश्वर र सम्सीमा स्थानीयहरूले दिनैभरि प्रर्दशन गरेका हुन् । बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिकाको परिवारलाई उचित क्षतिपूर्ति र प्रहरीको गोली लागि उपचारको क्रममा ज्यान गुमाएका सञ्जय न्यौपानेलाई शहीद घोषणालगायतका माग राख्दै प्रर्दशन भएकाे हाे । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको निषेधाज्ञाको बेवास्ता गर्दै बर्दिवासमा मङ्गलवार दिनभरि नै स्थानीयहरू प्रर्दशनमा उत्रिएका थिए । प्रदर्शनकारीहरूले बर्दिवासका मेयर विदुरकुमार कार्की र इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईँकाे पुतला दहन गरेका हुन् ।

सदरमुकाम जलेश्वरमा स्वतन्त्र युवाहरूको एक समूहले मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे छ । युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा उत्रिएकाे स्वतन्त्र युवाहरूको समूहले बर्दिवासको घटनालाई लिएर मुखमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे हाे । 

प्रदर्शनमा सहभागीहरूले नागरिकलाई गोली हान्ने प्रहरीलाई कारबाही गर, सञ्जय न्यौपानेलाई शहीद घोषणा गर, बलात्कारीलाई कारबाही गर, बालिकालाई न्याय देऊ लगायतको नारा लेखिएको प्लेकार्ड समेत देख्न सकिन्थ्याे । 

गएकाे आइतबारदेखि हराएकी ६ बर्षीया बालिकाकाे शव सोमबार मध्यरातमा भेटिएको थियो । उज्यालोका अनुसार बालिकाकाे बलात्कारपछि हत्याको आरोपमा गौशाला नगरपालिका ५ का अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक