20210110

रेडियो देखी टेलिभिजन, स्टेजहरु हुँदै नेपाली चलचित्र जगत सम्म जमेकै छ यो जोडी : दीपक राज गिरी, दीपा श्री निरौला र उनको टिमलाई बधाई ! दर्शकहरुका लागि छक्का पन्जा - ३ चलचित्र यहाँ पनि

आलोचक कसका हुन्नन र ? भगवानका बिषयमा पनि मान्छे आलोचना र बहस गर्छन् भने दीपक र दीपा त मान्छे नै हुन । जसले जतिसुकै इर्श्या गरुन रेडियो देखी टेलिभिजन, स्टेजहरु हुँदै नेपाली चलचित्र जगत सम्म यो जोडी जमेकै छ । यसमा कसैलाई औडाहा भएर के गर्नु । यो जोडीले जे छुन्छन त्यो सफल छ ब्यबसायिक रुपमा । पछिल्लो समय यिनीहरुले बनाएका हरेक चलचित्र चलेनन मात्रै, रेकर्ड बिट गरेका छन । दीपक राज गिरी, दीपा श्री निरौला र उनको टिमलाई बधाई मात्र दिएर हुन्न, अगाडि पनि नियमितताका लागि शुभकामना दिनै पर्छ किनकी यो जोडी र यो जोडीको टिमले नेपाली चलचित्र क्षेत्रमा नयाँ आशा, भरोसा दिलाएको छ । हलहरुमा एक छत्र राज गरेको दीपक दीपाको छक्का पन्जा - ३ युट्युबमा पनि अहिले दर्शकहरुले अत्यधिक मन पराएको चलचित्रको रुपमा देखिएको छ । केही दिनमा एक करोड भन्दा दर्शकले हेरेको यो चलचित्रको एप्रुबल रेट धेरै माथि छ यहाँ पनि । मेरो साथी दीपक र प्रिय बहिनी दीपा सहित यो चलचित्र मा सन्लग्न सम्पूर्ण टिमलाई हार्दिक बधाई । फलेको बोटमै हो मान्छेले   ढुङ्गा हान्ने, ढुङ्गा हान्नेहरु हान्दै गर्छन् दर्शकलाई फल दिन प्रेरणा मिलिरहोस । आफ्नो यात्रामा कहिलै ब्रेक लाग्न नदिनु मेरा प्रिय जोडी र सिङ्गो टिमलाई नै यही शुभेक्षा । दर्शकहरुका लागि छक्का पन्जा - ३ चलचित्र यहाँ पनि राखेका छौं । हेर्नुस, मनोरन्जन लिनुस् । हामीलाई त मन पर्‍यो तपाईंहरुलाई पनि मन पर्छ भन्ने लाग्छ । 
- रामप्रसाद खनाल, अध्यक्ष 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका 
                   





नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक