20210128

प्रधानमन्त्री ओली, सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जबाफ सहित सात दिन भित्र आफै उपस्थित हुन सर्वाेच्च अदालतको आदेश

सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट सो आदेश भएको हो । अदालतमा विचाराधीन सो मुद्दामा पूर्व प्रधान न्यायाधीश, सुशीला कार्की, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको भन्दै एक संयुक्त विज्ञप्ति जारी गर्नु भएको थियो । त्यस्तै पूर्व सभामुख दमननाथ ढुङ्गानाले पनि सोही किसिमको अभिब्यक्ती दिनु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक