20210120

भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने


 काठमाडौं । भारत सरकारले नेपाललाई अनुदान स्वरूप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र  भारतीय राजदूतावासले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी आगामी केही दिन भित्र सबै खोप काठमाडाँै आइपुग्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले उपलब्ध खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापन तथा सरसफाइमा कार्यरत कर्मचारी लगायतलाई उपलब्ध हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप खरिद तथा प्रयोगका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको र खोप प्राप्त भएपछि तुरुन्तै खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

मन्त्री त्रिपाठीले नेपाल सरकारले कूल जनसङ्ख्याको करिब ७२ प्रतिशत जनसङ्ख्यालाई खोपयोग्य जनसङ्ख्याको रूपमा पहिचान गरी आवश्यक खोप खरिद गर्ने तयारी गरिरहेको र खरिद प्रक्रिया छिट्टै सुरु हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको लडाई जित्नका लागि सबै राष्ट्रहरूबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य  आवश्यक रहेको बताउनुभयो ।

राजदूत क्वात्राले कोरोना महामारीको सुरुवात देखिनै नेपाल र भारतबीच आवश्यक सहयोग एवं सहकार्य हुँदै आएको र महामारीको अन्त्य सम्म सहकार्य जारी रहने बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक