20210209

नदेखाऊ भो दुवैले अब तमासा र नौटङ्कीहरू !

कहिले घिउ बेचुवाले देखाउँछु भन्छन्  
कहिले तरबार बेचुवाले देखाउँछु भन्छन् 
मान्छे ओसार्छन्, भात मासु र भत्ताको सत्यानाश   
देख्दा यिनीहरूलाई, मुख छाडेर भन्न मन लाग्छ
ए नौटङ्कीहरू हो, ए अपराधका सरदारहरू हो ! 
नौटङ्कीका पनि महा नौटङ्कीहरू हो     
देखाउन त देखाउँछौ तर देखाउँछौ पो के ?
देखाउन बाँकी केही छ र अझै ??
तिमीहरू निर्वस्त्र भएको पनि धेरै नै भैसकेको छ  
तिम्रो खुस्किन बाँकी एउटा त्यान्द्रो धरो पनि 
तीन वर्ष देखी धुजा धुजा भई गइसकेको छ 
नदेखाऊ भो दुवैले अब यहाँ भन्दा बढी,
तिम्रा तमासा र कहीँ नभएका नौटङ्कीहरू
किनकि देख्दा तिमीहरूलाई थुक्न मन लाग्छ 
आजकाल त तिमीहरूको अनुहार देख्दा पनि,
देख्नै नपरे हुन्थ्यो भन्दै आफै लुक्न मन लाग्छ !
- रामप्रसाद खनाल, माघ २८, २०७७

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक