20210306

"अबको केहि समयमै काठमाडौं उपत्यकाबासीको धारमा पानी"

काठमाडौं।
 मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आईपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो अवसरमा सुन्दरीजलस्थित पानी प्रशाेधन केन्द्रकाे अवलोकन गर्नु भएको थियाे । अवलोकन कार्यक्रममा बोल्दै
प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो समय देखिको सपना पूरा भएको बताउनुभयो । मेलम्चीको पानी सुनदरीजल झारेर बागमतीमा बगाउन सफल भएको भन्दै उहाँले अबको केहि समयमै काठमाडौं उपत्यकाबासीको धारमा पानी पु¥याउने बताउनुभयो ।
आजको दिन धेरै खुशीको दिन भएको बताउँदै उहाँले डाँडा छिचुलेर सुरुङबाट पानी ल्याउन सफल भएको भन्दै सवैलाई धन्यवाद तथा वधाई समेत व्यक्त गर्नुभयो ।
पानी ल्याउने कुरा चल्दा मेरो कपाल कालो थियो अहिले पानी खस्दा कतै कपाल कालो नभएको भन्दै यो ठूलो सफलता भएको बताउनुभयो ।
मुख्य काम यसै सरकारको पालामा भएको बताउँदै प्रधानमन्त्री ओलीले मेलम्चीको यो कामले बर्तमान सरकारले गरेका काम प्रमाणित गरेको बताउनुभयो ।
विकासको काममा जनताको साथ चाहिएको बताउदै उहाँले साथ भए विकासको गतिलाई अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । अब मेलम्चीको पानी ल्याउने सपना पूरा भएको बताउँदै अन्य विकासका कामको पनि सम्पन्न गरेर छाड्ने विश्वास व्यक्त गर्नुभयो ।
बगेको पानीलाई विजुली निकाल्ने, सिँचाई, वा खानेपानीको लागि सदुपयोग गरेर पानीको सदुपयोग गर्न आवश्यक भएको भन्दै सरकार यसै अनुसार कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो ।
यो मेलम्चीको सफलता यूगान्तकारी नयाँ उचाईको सफलता प्राप्त भएको बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले विगत २२ बर्ष देखिको सपना पूरा भएको बताउनुभयो ।
आफू खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रधानमन्त्रीले बिशेष गरि मेलम्चीको खानेपानीको बारेमा चासो देखाउनु भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीको चासोको कारण मेलम्चीको पानी यहाँ आउन सफल भएको बताउनुभयो । सुरुङको सफल परीक्षण भएको बताउँदै मन्त्री थापाले अबदेखि काठमाडौंबासीका लागि खानेपानीको सपना पूरा भएको बताउनुभयो । -मुकुन्द गैरे

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक