20210508

चित्कार !

ए लौन,
कोही त मलाई बँचाऊ 
कसैले त मेरो उद्धार गर  
म कोरोनालाई जितेको मान्छे 
तर,
अस्पतालको बिल जित्न सकिन 
डिस्चार्ज हुन मन छ 
डिस्चार्ज हुन सकिन
मेरो घर लैजाऊ 
पाखो, पखेरो, जे जे छ 
सबै सबै लैजाऊ 
तर मलाई मुक्त गर यहाँबाट
म कोरोनाबाट मुक्त मान्छे 
कोरोनालाई जितेको मान्छे
ए, लौन !
मलाई कसैले उद्धार त गर ! 
                                                        - रामप्रसाद खनाल, वैशाख २५, २०७८   

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक