20210531

प्रधानमन्त्री ओली तपाईं देशको हिरो हुने कि जिरो ??

-दीर्घराज प्रसाई 

प्रधानमंत्रीको हैसियतमा खड्ग ओलीलाई नेपालको राष्ट्रियताका आधार स्तम्भ तथा सांस्कृतिक पहिचानहरुलाई अटल राखेर नेपाललाई धर्मयुद्धमा फसाउनेहरुबाट सचेत भएर देश बचाउने अवसर आएको छ । प्रधानमंत्रीको हैसियतमा खड्ग ओलीको अव समय आएको छ– २०६२ मंसिरको १२ बुँदे सहमति खारेजीको घोषणागर्दै २०४७ सालको संविधानमा उल्लेखित अपरिवर्तनीय बुँदाहरु देशमा लागु गर्न निर्णायक हुनुपर्दछ । २०४७ सालको संविधानमा अपरिवर्तनीय बुँदाहरु किन राखियो र कस्को आदेशमा संविधानवादको बिरुद्ध खारेज गरियो त्यो कुराको स्पष्टिकरणकासाथ प्रधानमंत्री ओलीले निर्णय गरेर संविधानवादको संरक्षण गर्नसक्नु पर्छ ।

२०६३ सालभन्दा अगाडि राजतन्त्र र हिन्दुअधिराज्यको बिरोधमा एमाले थिएन । कांग्रेस र एमालेको कुशासनको बिरुद्ध माओवादीको बिद्रोह उठेको थियो । माओवादीसँग मिलेर कांग्रेस, एमालेहरु

कांग्रेस (आई)को मार्गदर्शन अनुसार संविधानसभाको नाममा नेपाललाई ध्वस्त गराउन ‘रअ’, यूरोपका इसाई राष्ट्रहरु र सीआए समेतको इशारामा धर्मनिरपेक्ष, गणतन्त्रका बुँदाहरु लाध्ने काम गरेका हुन् । 

नेपाललाई डुबाउनकै लागि अझसम्म पश्चिमाहरु माओवादीलाई बोकेर हिड्दैछन् । देशको यो खतरनाक खेल हेरेर वर्तमान प्रधानमंत्री र मंत्रिपरिषद बुझपचाएर टुलुटुलु हेरेर राष्ट्रघातको मतियार बन्न हुन्न । गणतन्त्रात्मक संविधानको कारणले हाम्रो देश अस्थिर, अविकसित, भ्रष्टाचारले ग्रसित भई विखण्डनको स्थितिमा पुगेको छ । त्यसैले  प्रधानमंत्री, मंत्रिपरिषद र सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एक भई देशको स्वाभिमान र राष्ट्रिय अखण्डताको जगेर्ना गर्न संवैधानिक राजतन्त्र, संसारको यो एक मात्र गौरवमय हिन्दु अधिराज्य र अखण्ड नेपाल कायम गर्नुपर्छ । 

राजसंस्था (राजा) बीना नेपाली कुनै, सबै मौलिक धर्म संस्कृति र परम्पराको संरक्षण हुने छैन ! कारण नेपालका सबै रितिरिवाज परम्पराहरु को सुरुवाती अवस्था देखी नै राजसंस्थासंग अन्योन्याश्रीत सम्बन्ध छ ।

नेपाल संसारका सार्वभौमसम्पन्न राष्ट्रहरु मध्येको पुरानो राष्ट्र हो । नेपाल वैदिक हिन्दु सनातन धर्म तथा बौद्धको उगद्गम भूमि हो । प्राचीनकालदेखि नैं नेपालले आफ्नो अस्मिता बचाउँदै आएको छ । नेपालले आफ्रनो सार्वभौमसत्ता सुदृढ बनाउन आफ्रना सांस्कतिक परम्परा र हिन्दु अधिराज्यलाई आफ्नो राष्ट्रिय एकताको आधार ठान्छ । 

हिमवतखण्ड विभिन्न स–साना साज्यहरुमा विभक्त भइसकेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा ५४ भन्दा बढी स–साना स्वतन्त्र हिन्दु राज्यहरु–नुवाकोट, कीर्तिपुर, कान्तिपुर, ललीतपुर, भक्तपुर, मकवानपुर, बाइसी, चौबिसी, पाल्पा, कास्की लगायत अनेकौं हिन्दु राज्यहरुलाई एकीकरण गरेर नेपालको एकीकरणको बेलादेखि बनेको हो 'हिन्दु अधिराज्य नेपाल ।' 

नेपाल जस्तो सानो राष्ट्रमा एक नेपाली जाति भएर नेपालको राष्ट्रियताका आधार स्तम्भ तथा सांस्कृतिक पहिचानहरुलाई अटल राखेर नेपाललाई धर्मयुद्धमा फसाउनेहरुबाट सचेत बनौं । 

नेपाललाई विखण्डन गर्न जातीय संघीयतालाई अगाडि बढाइएको छ । यसैबाट इसाईकरणमा सजक हुन्छ भन्ने पश्चिमाहरुको भनाई छ । त्यसैले संघीयताको खतरनाक जातीय खाल्टो पुर्नुपर्छ । २०७२ साल असोज ३ गते धर्मनिरपेक्ष र गणतन्त्र घोषणा गरेर नेपाल अधिराज्यभरी कोलाहाल छ । नेपाल जस्तो सानो राष्ट्रमा एक नेपाली जाति भएर नेपालको राष्ट्रियताका आधार स्तम्भ तथा सांस्कृतिक पहिचानहरुलाई अटल राखेर नेपाललाई धर्मयुद्धमा फसाउनेहरुबाट सचेत बनौं ।

विश्वब्यापी रुपमामा नेपालको महानता-विश्वको अग्लो चुचुरा सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि वा मुक्तिनाथ भएर मात्र होइन । संसारको एकमात्र हिन्दु राजसंस्था र विश्वको एक हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा यो पूण्यभूमिका रक्षक हुन् ।

अत: नेपालका सबै जातीहरुलाई नेपालको भौगोलिक,जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा राजसंस्थाको संरक्षणमा नेपालको हिमाल, पहाड, तराई र विश्वका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा स्थापित हिन्दु अधिराज्यभित्र एकतावद्ध भएर नेपालभित्रका सबै फूलहरु समानरुपमा फूल्न पाउनसक्ने सहअस्तित्व आधारबाट हाम्रो देश र प्रजातन्त्रको उज्वल भविष्य बन्न सकोस् ।

GO TO HOME PAGE

Go to Home Page



1 comment:

  1. राष्ट्र निर्माता पृथ्वीनारायण शाह र कैयौं सपुतहरुले पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको हिमवतखण्डका लगभग ५४ हिन्दु राज्यहरु एकीकरण गराई संसारको एक मात्र हिन्दुअधिराज्य स्थापित गराए। पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियान- कृपया क्लिक गरेर एक पटक हेरौं-
    Link->https://facebook.com/dirgha.prasai/posts/10219437195256788?notif_id=1622510933427104&notif_t=feedback_reaction_generic&ref=notif<
    –दीर्घराज प्रसाई

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक