20210612

आज ६१ जनाको मृत्यु, मृत्यु हुनेको कूल सङ्ख्या ८३६६

नेपालमा आज थप ६ हजार २ सय ९५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यो सँगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ५ लाख २७ हजार १ सय ११ पुगेको भने निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३ हजार ३ सय ८४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । आज ८ हजार ५ सय ६ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना तथा ५ हजार ९ सय ८८ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै आज थप ६१ जनाको मृत्यु भएपछि

कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ३ सय ६६ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरमा गरी जम्मा ७१ हजार ३ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक