20210717

अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई तीब्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा

 
अफगानिस्तानमा हिंसात्मक गतिबिधिलाई तीब्र पारेको तालिबान बिद्रोही पुनः वार्तामा आएको छ । कतारको दोहामा अफगानिस्तानको सरकारी वार्ता टोलि र तालिबानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । टोलो न्यूजका अनुसार वार्ता सुरु हुन लाग्दा सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले शान्तीका लागि दुबै पक्ष लचिलो हुनुपर्ने प्रतिक्रिया दिनुभयो । अफगानिस्तानले शान्ती प्रकृयाका लागि विश्वको सहयोग चाहेको बताउनुहुँदै उहाँले पुर्ननिर्माणमा समेत विश्व समुदायको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक