20210825

अफगानिस्तानका घटनाक्रमहरुले सिकाएको पाठ

 - डा. ठाकुर मोहन श्रेष्ठ 

क. विदेशी सैन्य हस्तक्षेपले सकारात्मक परिणाम दियो त ?

ईतिहासका विभिन्न कालखण्डमा अफगानिस्तान माथि गरिएका वैदेशीक हस्तक्षेप र सैन्य आक्रमणहरुले सफलता पाएको देखिदैन । १९औं शताब्दीमा वेलायतले दुईपटक सैन्य हस्तक्षेप, सन् १९७८ मा तत्कालीन सोभियत संघले र सन् २००१ मा अमेरीकी नेतृत्वको नेटो फौजले पनि सैन्य हस्तक्षेप गर्यो । निश्चित स्वार्थका कारण कुत्सीत मनसाय राखेर गरिएका सैन्य हस्तक्षेपले सकारात्मक परिणाम दिन सकेनन् ।

वेलायत जस्तो तत्कालीन शक्तिशाली साम्राज्य, शितयुध्दकालीन माहाशक्ति राष्ट्र सोभियत संघ, र हालको एक मात्र विश्व माहाशक्ति राष्ट्र अमेरिका नेतृत्वको नेटो फौजले समेत सकारात्मक परिणाम दिन नसकेको मात्र होईन, ठूलो क्षती सहित

लज्जाजनक पराजय व्यहोर्नु परे, यिनीहरुका कुत्सीत मंसायका कारण अफगानी जनताले प्रथम र द्वितिय विश्वयुध्दको विभीषका झल्काउने त्रासदी समेत झेल्नु परिरहेको छ ।

विगतमा तत्कालीन वेलायती साम्राज्यको विस्तारवादी सोच र चार दशक यताको रुसी र अमेरिकन प्रभुत्ववादी सोच कारण अफगानी जनताले दशकौंदेखि भिषण त्रासदी वेहोर्दै आएका छन ।

यहांनेर स्मरणीय के छ भने वेलायती, रुसी अमेरिकन साम्राज्यवादी र प्रभुत्ववादी सोच खराव तथा तालिवानीहरुको तालिवानीहरुको आततायी क्रुर व्यवहार राम्रो भन्न खोजिएको होईन । तर अफगानी जनताले दशकौंदेखि हुदै आएको वैदेशीक हस्तक्षप र सैन्य आक्रमणको जुन अदम्य सहास र दृढईच्छा शक्तिका साथ प्रतिरोध गरे, त्यस सहास र क्षमतालाई स्मरण गर्न खोजिएको मात्र हो । दशकौंदेखि क्षत विक्षत हुदै प्रतिरोध गर्दै अफगानी जातिय समुहहरुलाई महाशक्ति राष्ट्रहरुले आ–आफ्नो स्वार्थ अनुकुल प्रयोग र प्रशिक्षित गर्दै जांदा अफगानिस्तान त वर्वाद भयो नै तर शक्तिराष्ट्रहरुको शर्मनाक पराजय भयो । विभिन्न जातिय कविला समुहहरुका आ–आफ्नै जातिय नियम, कानुन र कट्टर धार्मिक मुल्य मान्यता संचालित अफगानी समाजलाई एक आपसमा लडाएर ध्वस्त पार्ने र वैदेशीक स्वार्थ पुर्ती गर्ने कठपुतली सरकार निमांण गरी अफगान भुमिमा विद्यमान अमूल्य प्राकतिक श्रोत साधनहरुको दोहन गर्दै मध्य र मध्यपूर्वी एसियामा अनन्तकालसम्म आफ्नो प्रभुत्व जमाउने साम्राज्यवादी सोचलाई अफगानी जनताले निश्फल तलाई दिए । तर दशकौंसम्म संघर्षरत अफगानी समाजले वैदेशीक हस्तक्षेप विरुध्दको प्रतिरक्षा र प्रतिरोध गर्ने क्रममा संघर्षको मैदानबाट वाईप्रोडक्टका रुपमा आततायी तालिवानहरुको उदय पनि गराए ।

तत्कालिन सोभियत संघको हस्तक्षेप र अमानविय व्यवहारबाट वाक्क दिक जनताले शान्ति स्थापनाको मुल्यमा सन् १९९० को दशकमा तालिवानहरुलाई स्वागत गरेका पनि हुन । तर तालिवान समुहमा हावी हुदै गएको आंकबादी र कट्टर पंथि धार्मिक सोच तथा विभिन्न जातिय कविला समुहहरुका आ–आफ्नै कट्टर धार्मिक नियम कानून र प्रचलनहरुलाई आधार वनाएर दशकौसम्म निरन्तर संघर्ष गर्नु परेका कारण अफगानी समाजले उदार प्रवृत्तिको अनुभुती नै गर्न पाएन र कट्टरपंथ यथावत रहदै आयो ।

यसरी समाजमा विद्यमान विभिन्न विचारधाराका अनेकन कविला गुटहरु वीचको वैचारिक संघर्ष तालिवानको शिर्ष नेतृत्व वर्गमा पनि स्पष्टसंग देखिन आउछ ।

यस्तो वैचारिक विविधता युक्त संगठनले मुलुक कव्जा गरे पनि आगामी दिनमा आपसी सत्ता संघर्षका कारण अफगानी जनताको वर्वादीको थप कारक हुने सक्ने संम्भावना पनि यथावत नै छ ।

तालिवानी समुहको शिर्ष नेतृत्व तहमा हाल चार जना रहेका र यि चार वटै विभिन्न विचारधाराबाठ निर्देशीत देखिन्छन ।

१.   मौलवी हिबतुल्लाह अखुन्दजादा – सरिया कानून समर्थक ।

२.   अब्दुल घानी बरदार (मुल्ला अव्दुल गमी)–जातिय कविला समुह समर्थक ।

३.   मोहम्मद याकूब(मुल्ला)– तुलनात्मक रुपले उदारवादी सोच राख्ने ।

४.   सिराजुद्दीन हक्कानी– ठुलो नेटवर्क भएको आतंकवादी सोच राख्ने ।

यदि उपरोत्त शिर्ष नेतृत्व वीच वैचारिक संघर्ष हुन गएमा अमेरिकी नेतृत्व नेटो फौजका तथा पुर्व सोभियत संघकालीन संम्पुर्ण अभ्याधुनिक हवाई तथा स्थल सैन्य साजोसामानमा कव्जा गरिसकेका तालिवान समुहहरुले अकल्पनिय खुनी संघर्ष निम्त्यायने खतरा पनि वढ्दै गएको वताईन्छ ।

ख. माहाशक्ति राष्ट्रहरुका पराजयका कारणः

अफगानिस्तानको ईतिहास हेर्ने हो भने भनिन्छ “अफगानिस्तानमा जो पस्यो त्यो फस्यो” किनकी जो जो माहाशक्ति अफगानिस्तानमा पसे, तिनीहरु फसे कै देखिए । १९औं शताव्दिमा पटक पटक बिट्रीस, २०औं शताव्दीमा सोभियत रुस र २१औं शताव्दिमा अमेरिकाले सैनिक हस्तक्षेप गरे तर पराजित मुद्रा मै फर्किए ।

२०औं शताव्दीको पुर्वाधार सम्म उत्तरमा सोभियत संघ र दक्षिणमा बिट्रीस साम्राज्यको वफर जोनको रुपमा रहेको अफगानिस्तान माहाशक्ति राष्ट्रहरुका निहीत स्वार्थपुर्ण चालमा फस्न जात्रा अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको रण मैदान वन्न पुग्यो । तर पनि अपराजित नै रह्यो ।

अफगानिस्तान माथि माहाशक्ति राष्ट्रहरुले विजय प्राप्त गर्न नसक्नुका विभिन्न कारणहरु हुन सक्दछन, तर सामान्य दृष्टिले निम्न कारणहरु प्रमुख देखिन्छन,

१.   विशिष्ट भौगोलिक अवस्थिती ।

२.   धार्मिक र वर्गिय चरित्र वीचको संघर्ष ।

३.   वैदेशीक स्वार्थ र कमजोर धरातल भएका राजनैतिक नेतृत्वको भरमा निम्तिएको सैन्य हस्तक्षेप ।

४.   अफगानी लडाका जाति हुनु ।

५.   शक्ति राष्ट्रहरुको दाउपेचका कारण एकले अर्कोलाई सफल हुन नदिने नीति ।

६.   परम्परागत समाज र धार्मिक कट्टर पंथी सोच ।

ग. थप संघर्षको संम्भावनाः  अफगानिस्तानको शासन सत्तालाई कव्जामा लिईसके पछि तालिवानी समुहले विगतको कट्टरतावादी सोचलाई विस्थापित गर्दे विश्व जगतसंग हातेमालो गर्ने र उदारवादी शासन शैली अपनाईने, विना पुर्वाग्रह र विना भेदभाव शासन सत्ता समर्थक चार जना सैन्य कमाण्डरहरुलाई खुलेआम दिईएको क्रुर मृत्यु दण्ड र अफगानी महिलाहरु प्रति देखाई रहेको व्यवहारले आमजनमानस तालिवानका “कथनी र करनी” अर्थात भनाई र गराई प्रति व्यापक असन्तुष्ट मात्रै होईन आक्रोशित पनि छन ।

चार जना तालिवानी नेतृत्व पंक्ती वीचको शासकीय महत्वाकांक्षा र वैचारिक विविधतताले पनि आपसी शक्ति संघर्षको आशंकालाई बल पुगाइरहेका छन ।  

हाल अफगानिस्तानमा तालिवान संगै अन्य चौध्द वटा जातिय एवं धार्मिक अतिवादी सशस्त्र समुहहरु संघर्षरत छन, यिनिहरु मध्ये तालिवान सवै भन्दा ठूलो र शासकीय एवै सैनिक संरचना भएको संगठन भएता पनि अन्य सशस्त्र समुहहरुको विभिन्न धार्मिक समुह र कविलाहरुमा प्रभाव रहि आएकै देखिन्छ ।

यहां दुई वटा समुहहरुको  उल्लेख गर्नु आवश्यक देखिन्छ । पुर्व राष्ट्रपति असरफ धानिले विना संघर्ष सत्ता छाडेर भागे पछि उन्कै कार्यकालका उपराष्ट्रपतिले अफगानिस्तानकौ पंञ्जशीर प्रान्तमा गएर आफूलाई अफगानिस्तानको वैध राष्ट्रपति घोषणा गरेका छन । अफगानिस्ताको संविधान अनुसार कुनै कारणवस राष्ट्रपति पद खाली हुन गएमा कार्यरत उपराष्ट्रपति स्वतः राष्ट्रपति हुने प्राव्धान अनुसार अमरुल्ला शाकले आफूलाई राष्ट्रपति घोषणा गरेका हुन ।

पञ्जिशीर उपत्यका कै स्थायी वासिन्दा अमरुल्ला सालेह आफ्नो प्रान्तका सवै भन्दा वढि रुचाईएका नेता हुन । अमेरिकी सेनाको फिर्तिका क्रममा तालिवानी विद्रोही अमरुल्ला सालेहहरुसंग संघर्ष चर्किदै जांदा स्पष्ट नीति निर्देशन र नेतृत्वको अभावमा लडाईको मैदानबाट वाहिरिएका तत्कालिन सुरक्षा फौजका करिव दश हजार भन्दा वढी सुरक्षा सैनिक पनि पंञ्जशीर उपत्यकामा जम्मा भएका छन । भनिन्छ बृटीस, सोभियत संघ,अमेरिकी नेतृत्वको नेटो सेना र तालिवान स्वंयले पनि पंञ्जशील उपत्यका जित्न नसकेको भर्जिन लैण्डको रुपमा वुझ्ने गरिन्छ ।

अर्को तर्फ पुर्व अफगान विद्रोही अहमद शाह मसुदको छोरा अध्यक्ष मसुदको नेतृत्वमा नर्दन एलायन्सले तालिवान विरुध्द अर्को सशस्त्र सशक्त समुह खडा गरिदै छ ।

तसर्थ, एकातर्फ तालिवान समुह भित्रको शासकीय एवं वैचारिक मतभिन्नता र अर्को तर्फ पुर्व उपराष्ट्रपति अमरुल्ला सालेह नेतृत्वको तथा मसुदको छोरा अहमदको समुहले हाल छिटपिट रुपमा तालिवान विरुध्द राष्ट्रिय झण्डा मुनी गोलवध्द हुने जनताको स्वस्फुर्त जन चाहनालाइृ कति आत्मसाथ गर्न सकदछन र भविष्यमा हुने वैदेशीक चलखेलले आयातीत वा संघर्षको दिशा निर्देशन गर्ने नै छ ।

घ. दक्षिण  एसियाको चिन्ताः अफगानिस्तानमा तालिवानी कव्जा पछि दक्षिण एसियाली मुलुकहरुमा सवै भन्दा वढी भारतको चिन्ता वढेको पाईन्छ । भारत कावुलका आतंककारीहरु कश्मिरसम्म आईपुग्ने संम्भावनाले ग्रस्त छ । अर्को तर्फ विगत दुई दशकमा भारतले अफगानिस्तानमा गरेको लागनी खेर जाने भय छ । यसरी नै मध्यपुर्व ईरान सम्म सहज पहुच पु¥याउने र भारतको लगानीमा निर्माण भईरहेको सामरिक महत्वको ईरानको चावहार पोर्ट सम्मको सहज पहुचमा धक्का पुग्ने देखिन्छ । गत वर्षको चीन र भारत वीचको द्वन्द वढे पछि अमेरिकाले गत वर्ष नै ईरानी सैनिक कमाण्डर सुलेमानिको हत्या गरे पछि, ईरान चीनिया क्याम्पमा भारत युरो अमेरिकी क्याम्पमा पुगे पछि चा वहार पोर्ट संगै भारतलाई दिने भनिएका ईरानी रेल वे र ग्यांसको ठेक्का भारतलाई नदिने नीति ईरानले अख्तियारी गर्दा भारतीय चिन्ता वढी सकेको थियो । अफगानिस्तानमा तालिवानी कव्जा पछि तालिवानले अर्को व्यवस्था नभए सम्मका लागि भन्दै यहि १९ अगष्ट २०२१ देखि भारतसंग हुने सम्पुर्ण आयात निर्यात व्यापार नै रोकी दिएको छ ।

कुनै मुलुकको सनातन संस्कार र व्यवहारका विरूध्द वाह्य हस्तक्षेपका वलमा लादिएका व्यवस्था, संरचना, वैदेशिक पालन पोषणका फैजी कला दक्षता र हातहितयार कसरी चकनाचुर हुन सक्छ भन्ने उदाहरणले २१औ शताव्दीलाइ पाठसिकाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा प्रवेश अवध्द भएको देश अफगानिस्तान चीनको कित्तामा जानुले विश्व शक्ति सन्तुलनमा समेत नंया रंग ल्याउनेछ । "वहुजन हीताय" सोच लिनु औचित्यपुर्ण हुनेछ । 

यसरी नै रुस, चिन र पाकिस्तानले तालिवानी समुहहरु संग सत्ता सहकार्यको हात अघि वढाउदा दिर्घकालीन भयले भारतलाई घेर्दै लगेको छ ।

ङ. नेपालले वुझ्नु पर्ने कुराः अफगानिस्तानमा तालिवानी समुहको कव्जा भएका कारण नेपालमा तत्कालै ठूलो प्रभाव पर्ने अवस्था छैन । तर अफगानिस्तानको भौगोलिक भुपरिवेष्ठित विशिष्ट अवस्थिति र नेपालको रणनीतिक अवस्थिती समान हुंदा नेपाल पनि शक्ति राष्ट्रहरुको केन्द्र भएको छ । अफगानिस्तान र नेपाल दुवै विगतमा राजतन्त्रात्मक व्यवस्था भएका र दुवै देशमा राजतन्त्रलाई वैदशीक षडयन्त्र अन्तरगत समाप्त गरिएको हो । दुवै देशले राष्ट्रपतिय शासनको प्रयोग, संविधान सभावाट संविधान निर्माणको प्रकृया लगायतका असफल प्रयास गरी आएकै छन । दुवै देशको शासन सत्तामा भ्रष्ट नेता र कर्मचारी तन्त्रको समान प्रभाव रही आएकै राजनीतिक एवं प्रशासनिक नेतृत्वको विगविगी उस्तै छ । संस्कृति शुन्य र विकृतिजन्य गतिविधिको व्याख्या गरेर साध्य छैन ।

अतः वैदेशीक सहयोग र पैशा भन्ने वित्तिकै सर्पको मुखमा परिसकेको भ्यागुतोले जिव्रो निकाले जस्तै जिवनको उत्तरार्धमा पुगी सकेका हाम्रा नेतागणलाई चेतना जागोस भन्ने कामना सवैले गरौं । जय होस ।

नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा.ठाकुर मोहन श्रेष्ठ, पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक हुनुहुन्छ । - thakurmohanshrestha@yahoo.com 

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक