20220211

राजा ज्ञानेन्द्र सँग या राजसंस्था सँग कमल थापाकाे सम्बन्ध के चुनाव सँग मात्रै सिमित रहेछ ?

- अस्मिता भण्डारी
अहाे !! कुनै -कुनै सम्बन्धहरु कति कमजोर र भयानक हुँदा रहेछन् ? राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष ,पूर्व उपप्रधानमन्त्री कमल थापा ज्यूकाे प्राईम टेलिभिजनकाे अन्तर्वार्ता हेरेँ , सधै भन्दा भावुक शैलीकाे उहाँको प्रस्तुति लाग्यो ।
"राजसंस्था मेरो एजेन्डा हुदैन, राजसंस्था पुर्नस्थापनाका लागि म सडकमा जान्न , राजा बिहिन प्रजातन्त्रकाे एजेन्डामा म जान्छु , हिन्दुत्व , सुशान र समृद्धिकाे एजेन्डालाई आधार बनाएर नयाँ पार्टी निर्माण गर्ने तयारीमा लागेँ " भन्नू भयो ।
अन्तर्वार्ता हेरि रहँदा मेरो मनमा प्रश्न जन्मियाे - राजा ज्ञानेन्द्र सँग या राजसंस्था सँग कमल थापाकाे सम्बन्ध के चुनाव सँग मात्रै सिमित रहेछ ? बिगतमा कमल थापा र राजाको बिचमा कति आत्मियताहरु साँटिए हाेलान् ?
ऋषि धमलासँग उहाँ भन्दै हुनुहुन्थ्यो, कि ५० ओैं बर्षकाे राजसंस्था सँगकाे सम्बन्ध अब ताेडेँ । म अब कहिल्यै पनि राजसंस्थाको पक्षमा हुन्न , अहाे !! कुनै -कुनै सम्बन्धहरु कति कमजोर र भयानक हुँदा रहेछन् ? कमल थापाकाे बारेमा म कुनै नकारात्मक टिप्पणी पनि गर्न चाहन्न तर , म कलम चलाउने मानिस भएकोले उहाँकाे अन्तरबार्ता पछि केवल प्रतिक्रिया मात्रै गरेको हाे ।
उहाँ जस्तो राजनीतिक ब्यक्तिले पार्टी खाेल्नु सकारात्मक पक्ष हाे । तर , आफैंले निर्माण गरेको घरकाे जग भत्काउने उहाँको आँट पनि सामान्य हाेईन , र जीवनभर बाेकेकाे राजसंस्था दाेवाटाेमा बिसर्जन गर्ने उहाँको तागत के राजेन्द्र लिङ्देन सँगकाे पराजय , या उहाँले भने जस्तो निर्मल निवासकाे सचिवालय मात्रै हाेला त ? ?
यदि त्यसाे भएकाे हाे भने कमल थापाले नचिनेको हाे र निर्मल निवासकाे सचिवालय ?त्याे सचिवालय सँग साेझै कुरा गर्न नसक्ने नेता हाे र कमल थापा ? आफैंले राजनीतिक उत्तराधिकारीका रुपमा अगाडि बढाएका लिङ्देन र आफ्नो अभिभावक जस्तो ब्यक्तिसँग लिङ्देनले कुरा गरेर एउटा निष्कर्षमा पुग्न नसकेर राजालाई दाेष लगाउनु वा राजालाई दाेष लगाउने बाटाे बनाउनु दुवै नेताहरुले गर्नुहुने थियो ?
कमल थापा हारेर हार्ने नेता हाेईन भन्ने मलाई लाग्थ्यो , हुन त म त्याे पार्टीको सदस्य हाेईन तथापि राजसंस्था र हिन्दु अधिराज्यकाे मुद्दा बाेक्ने भएकोले अपनत्वकाे अनुभव भएर नै याे प्रतिक्रिया लेख्न मन लागेको हाे ।
तर, राजा सँगकाे सम्वन्धलाई हारजित र लेनदेन सँग जाेडेर राजालाई दाेष लगाउनु गलत कुरा हाे जस्तो मलाई लाग्छ , सायद याे स्टाटस् पढ्नु भयो भने एकथरी रिसाउने एक थरि खुशी हुने गर्नु हुन्छ हाेला मेरो चाहना कसैलाई खुशी पार्ने या दुखी तुल्याउने हाेईन।
आज यस्तो पनि दिन देख्नु पर्याे र सुन्नु पर्याे कि राजाकाे मन त ढुङ्गा मुढा नै हाे , के राजाकाे चित्तै छैन , राजाको चित्त नै दुख्दैन ?? फेरि आजका दिन सम्म कमल थापा र उहाँको सफलताको बाटोमा राजाबाट गरेका भएका सबै कुराहरुकाे कुनै मूल्य मान्यता नै रहेन !! सम्बन्धहरु नाफा र लेनदेनका मात्रै हुन्छन् ??
हिजो राजाकाे समयमा गृहमन्त्री कमल थापा नै हुनुहुन्थ्यो , बिद्यार्थी राजनीति देखि राजाकाे शासनकाल सम्म पटक - पटक अवसर त उहाँहरुले नै पाउनु भयो । कमल थापाहरुकाे कारणले पनि राजा संस्था गएको हाे भन्ने हरुले भने तर राजाले त कसैलाई दाेष नलगाईकन पत्रकार सम्मेलन गरेर सबैलाई धन्यवाद दिएर गद्दी त्याग गरेको हाे नि ।

चुनाव भनेकाे त एउटा टेक्निकल बिषय हाे । कमल थापा हारेर हार्ने नेता हाेईन , उहाँको पार्टी त्याग गर्ने , नयाँ बाटाे लिने अधिकार छ , तर राजसंस्था प्रति बीस बमन गरेकोमा धेरै नराम्रो लाग्याे , राजसंस्थाकाे मुद्दा बिसर्जन गर्नेले हिन्दुत्वकाे मुद्दा बिसर्जन नगर्लान् र भनेर कस्ले भन्न सक्ला ?? उहाँको यस्तो आत्मघाती कदमले हिन्दु अधिराज्य र राजसंस्थाका पक्षधरहरुमा आघात पुगेको छ । उहाँले पनि धेरै आफ्ना समर्थकहरु गुमाउनु पर्नेछ । ...... 

बेश्यालयमा अनैतिक धन्दा गर्नेहरुमा बरु अलिकती नैतिकता देखिएला तर कमल थापामा देखिएन । हेर्नुस यो अन्तर्वार्ता !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक