20220318

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक

 निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकेको छ ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले बताएको छ । त्यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।
वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । 

यी कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने प्रवक्ता पौडेलले बताउनु भयो । वैशाख ३० गते मतदानको कार्य हुनेगरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक