20220427

‘विप्लव’लाई निकाल्दै धर्मेन्द्र र हेमन्त, ‘विप्लव’ले निकाली सके पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई, अब अर्को पार्टी जन्मिन्दै !

 
नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाबाट निकालिएका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले आफ्नो पक्षको केन्द्रीय समिति बैठक बोलाएर नयाँ नीति अख्तियार गर्ने भएका छन्। विप्लवसँग पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो पक्षको केन्द्रीय समितिबाट सके बहुमतबाट विप्लव पक्षलाई उल्टै कारबाही गर्ने नभए नयाँ पार्टी बनाएर जाने रणनीति लिएका हुन। गत चैत पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकलाई आधार बनाउँदै ओली र बास्तोलाले आफू पक्षको बहुमत भएको निष्कर्ष निकालेका छन् । त्यहीँबाट उनीहरूले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई समेतलाई कारबाही गरेर नेकपालाई निरन्तरता दिन खोजेका छन्।ओली र बास्तोलाले बैठक बोलाएर आफ्नो हैसियत नाप्नुका साथै नयाँ नीति अख्तियार गर्ने तयार गरेका छन् । बैठकमा जिल्ला सेक्रेटरीसहित केन्द्रीय सदस्य दुबैलाई बिहीबार काठमाडौँ बोलाइएको छ । त्यहीँ बैठकबाट बहुमत केन्द्रीय सदस्यबाट विप्लव र विश्वकर्मालाई कारबाही गरी पार्टी नेतृत्व हत्याउने उनीहरुको योजना छ । ‘पार्टीका केन्द्रीय सदस्यमा बहुमतमा छौँ । तर पार्टी नै विभाजन गर्ने अवस्था भएपछि कतिपय केन्द्रीय सदस्य खुल्दैनन् होला,’ हेमन्त धर्मेन्द्रपक्षका एक नेताले भने,‘अबको बैठकबाट कति केन्द्रीय सदस्य खुल्ने हुन् ? कति नखुल्ने हुन् ? यकिन हुनेछ।’ यदि पार्टीमा बहुमत भएमा विप्लव र प्रवक्ता विश्वकर्मालाई कारबाही गरेर जाने त्यसो नभए नयाँ पार्टी गठन हुने ती नेताले बताए।

तर, नेता ओलीले केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने बताए।  ‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरूसँग भोलि नै बस्छौँ । छलफल गरेर निर्णय गर्छौँ,’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने,‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौँ। विचारधारात्मक सर्वोच्चता कायमै छ। त्यस अनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ। त्यो म्यान्डेट लिएर जान्छौँ । साथीहरूसँग छलफल गरेर छिट्टै निर्णय लिन्छौँ ।’ केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा ठिक हुन्छ त्यहीँ विधि अपनाएर जाने ओलीले बताए।

तर, प्रवक्ता विश्वकर्माले आफूहरूलाई बहुमतबाट कारबाही गर्नुको अर्थ नभएको बताए। ‘हामीले बैठक बसेर के निर्णय गर्‍यौँ त्यो विज्ञप्ति मार्फत थाहा पाइहाल्नुभयो,’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘ उहाँहरू(हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला)ले पार्टी निर्णय विपरीत गरेकाले कारबाही गरियो।’ पार्टीमा को कस्तो हो भन्ने विषयमा मिडियालाई सबै थाहा भइसकेकाले थप टिप्पणी गर्न नहुने विश्वकर्माले जिकिर गरे। पार्टीमा तपाईंहरू अल्पमतमा हुनुहुन्छ उल्टै कारबाहीमा पर्ने सम्भावना छ नि भन्ने प्रश्नमा विश्वकर्माले त्यस्ता फाल्तु कुरामा जान नहुने बताए। ‘पार्टीमा बहुमत अल्पमत के छ? कस्तो छ? भन्ने सबै मिडियालाई थाहा छ,’ विश्वकर्माले भने, ‘हामीलाई पार्टीको बहुमतबाट कारबाही गर्ने भन्ने कुराको कुनै अर्थ छैन । त्यो फाल्तु कुरा हो।’ 

यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षले केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टीले कारवाही गरेपछि ओली र बास्तोला पक्षले केन्द्रीय समितिमा बहुमत जुटाउन बिहीबार आफू पक्षीय केन्द्रीय समिति बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकबाट आधिकारिक निर्णय गरेर मात्रै स्टेप चाल्ने ओलीले बताए ।‘अब कुरा सिधा छ । हामी केन्द्रीय समितिका साथीहरुसँग भोलि नै बस्छौ । छलफल गरेर निर्णय गर्छौ ।’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘हामी नयाँ पार्टी बनाउने भन्दा पनि पार्टीमा बहुमत छौ । विचारधारात्मक सर्वोच्चता कायमै छ । त्यसअनुसार उहाँहरुको प्रस्ताव अस्वीकृत भएको छ । त्यो म्यान्डेट लिएर जान्छौ । साथीहरुसँग छलफल गरेर छिट्टै निर्णय लिन्छौ ।’

केन्द्रीय समितिमा बहुमत पुगेमा विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई कारवाही गरेर जाने स्थिति समेत हुन सक्ने ओलीले बताए । केन्द्रीय समितिबाट तत्काल जुन विधि अपनाउँदा हुन्छ त्यहीँ विधि अपनाएर जाने बताए । पार्टीभित्र भएका गलत प्रवृत्ति विरुद्ध भण्डाफोर गरेर जाने ओलीले बताए ।

यसरी चुलियो विवाद

स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।

बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । अन्तमा पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने निर्णय भयो । यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । तर, पार्टी निर्णय विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई निर्वाचनमा उम्मेदवारी दिन लगाए । त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए ।

तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले फेल गराउन मिडियामार्फत प्रतिवाद गरेका थिए । अन्तमा चुनावकै विषयलाई लिएर ओली र बास्तोलालाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निर्णयमा पुग्ने भएका हुन् ।

‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको जनाएका छन् । 

महासचिव विप्लवले ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरुमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका छन् । 

उनले काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको बताएका छन् ।  ‘तर निर्णय बाहिर नपुग्दै पुन उहाँहरुले विरोधी सञ्चारमाध्यममा फुटपरस्त एवम् अराजक अन्तरवार्ता दिने कार्य जारी राख्नुभयो । तैपनि तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर आज सचिवालय सदस्य कञ्चनले कुनै सम्पर्क नै नगरी सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारवाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो’, विप्लवले भनेका छन् । 

‘सुदर्शन र कञ्चनले आफ्नो नमिलेको विषय स्थानीय चुनाव भएको बताए पनि यो निमित्त एवं बहानाको विषय मात्र हो । यो समस्याको चुरो कुरा प्रतिबन्धभन्दा अगाडि मध्य कमाण्डमा हुँदा देखिनै सुदर्शनसँग संगठनात्मक एवं आर्थिक मामिलामा नमिलेका र संघर्ष भएका विषय थिए’, प्रस्ट पार्दै विप्लवले भनेका छन्, ‘सुदर्शन जेल हुँदा पनि उहाँ गिरफ्तार हुनुको मूल कारण पनि उहाँले नै पार्टीको सुझाव विपरित नजिक राखेका मान्छेले गर्दा हो भन्ने विषयमा गम्भीर छलफल भए । ’

विप्लवले कञ्चनसँग पनि पार्टी संगठनका जिम्मेवारी, राजनैतिक कार्यनीतिका विषयमा गम्भीर छलफल चलेका र त्यसक्रमममा केही विषयमा मेल नखाएको बताएका छन् । ‘तर हाल आएर चुनावको विषय देखाएर पार्टी संसद्वादमा फसेको तर्क उराल्नु भएको छ । यो एकदमै गलत तर नियोजित प्रचार मात्र हो’, विप्लवले भनेका छन् । गएको असोज–कार्तिकमा सुदर्शनले नै रुकुम, दाङ, जाजरकोटका प्रशिक्षणहरुमा चुनाव कार्यनैतिक विषय भएकाले उपयोग पनि गर्न सकिने तर्कहरु राखेको भन्दै उनले बास्तोलाले समेत नवौं पूर्ण बैठक देखिनै राष्ट्रपति प्रणालीको प्रस्ताव महासचिवले पेस गर्नुपर्ने धारणा राख्दै आएको र जुन विषय कार्यनैतिक रुपले चुनावमा स्वतन्त्र उम्मेदवार पठाउनेभन्दा पनि गलत हुने उल्लेख गरेका छन् । 

‘उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन मार्क्सवादको विश्लेषण हुन्छ !? यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन’, विप्लवले भनेका छन् । उनले ‘जब कुनै नेताले आफ्ना राजनैतिक दृष्टिकोण र व्यवहारिक गतिविधिहरु पार्टीका वैचारिक, राजनैतिक, आर्थिक एवं संगठनात्मक मान्यताहरुभन्दा उल्टो गर्दै जान्छ, आफ्नो गलत सोचहरु सार्वजनिक रुपले तथानाम राख्न थाल्छ, उसले औपचारिक घोषणा नगरे पनि सारतः पार्टी सम्बन्धबाट स्वतन्त्र भइसकेको हुन्छ । उसले केवल अलग हुने सहज बाटोको खोजी मात्र गरिरहेको हुन्छ । सचिवालय सदस्य सुदर्शन र कञ्चन यस्तै अवस्थामा पुग्नु भएको छ’ भनेका छन् ।

प्राप्त पछील्लो समाचार अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ ।

आजै बिहान कपिलबस्तुको शिवगढीमा बसेको विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्षको बैठकले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । निर्णयलगत्तै कारबाहीमा परेका पक्षले बैठक बसेको हो । उनीहरुले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

पार्टी केन्द्रीय समितिमा ओली र बास्तोला पक्ष बहुमतमा दिए । पार्टी विभाजन भएपछि कसको पक्षमा कति हुन्छन् भन्ने एकिन हुन सकेको छैन् । यद्यपि ओली र बास्तोला पक्षले पनि विप्लव सहित प्रवक्तालाई कारवाही गर्ने तयारी गरेका गरेको छ ।

 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक