20220505

उहि प्यारी छोरीको दुखी बाउको रोदन : तपाईले पनि त्यो दिन मेरी छोरीको मुख हेरिदिनु होला, नत्र दुर्घटना हुनसक्छ !

- सन्तोष चिमरिया 

 छोरीको जातै मायालु हुन्छ । ओरिपरि झुम्मिरहने । खेलीरहने । बोलीरहने / हाँसी रहने खालका हुन्छ्न ,छोरीहरु । घरबाट फुत्त  निस्कन  खोज्यो  नजानु  भनेर हत्ते गर्छ्न । हात समातेर तान्छन । बल्ल बल्ल फकाएर निस्कियो, टाटा बाई बाई गर्छ्न । गालामा मोई खाएर बिदा गर्छ्न । छिट्टै आउनु भन्छन । र , नफर्किदासम्म बाटो हेरेर बसेका हुन्छन । आउने बित्तिकै 'बाबा बाबा´  भन्दै अंगालो हाल्न आईपुग्छ्न । यसो चकलेट दियो । दोब्बर खुशी हुन्छन । 

            छोरी हुर्किदै  जान्छन । माया झन गाडा हुदै जान्छ । छोरी ठुली हुन्छे, बिहेदान हुन्छ, माया अझै चुलिदै जान्छ ।  छोरो नाथे हुर्कियो , उहि जाँडरक्सी  र अर्काकी स्वास्नीमै  मात्र  ध्यान दिन थाल्छ । तिनलाई न बाउको इज्जत प्रतिष्ठा प्यारो  हुन्छ । न आफ्नो । तर छोरी, अंह सधै बाउको छत्रछायामा  हुन्छे । संधै बाउलाई साथ दिन्छे । भनेको मान्छे । आफ्नो इज्जत र प्रतिष्ठामा बस्छे । 

        जसै जसै आफु ओरालो  लाग्दै  जान थाल्यो , उति उति छोरीको भविस्यको चिन्ता लाग्न थाल्ने रहेछ । आफ्नो शेखपछि के होलानी भन्ने पीरले फुलेका जुँगा झन  झन फुल्न थाल्ने रहेछन ।  इन्दिराको यस्तै चिन्ता , जहवरालाल नेहरु लगेको हुदों हो । बेनेजिरको  चिन्ता जुल्फिकर  अलि भुट्टोलाई लागेको हुदों हो  । सेख हसिनाको बारेमा , मुजिबुर रहमानलाई लागेको हुंदो हो । स्व्ंयम गिरिजाप्रसाद कोईरालाले पनि , सुजताको खुब चिन्ता गर्ने गर्थे । 

             जवान भैइन्जेल , हारे एउटा ज्यान हो , जित्नलाई  संसार छ भन्ने लाग्थ्यो । त्यसरी हिडियो पनि । धेरैका सन्तान  हारियो पनि  र त्यसको मुल्यमा आफ्ना सन्तानका लागी , संघिय  लोकतान्त्रिक  गणतन्त्र  नाम राखेर एउटा  मस्तको संसार जितियो पनि । तर, अब यो जितेको संसार तिनलाई हस्तान्तरण गरेर मर्न पाए , ठुलो उपलब्धि त्यहि हो  जस्तो लाग्छ ।  अब त, छोरीले जिते ,संसार नै हार्दिन्छु जस्तो लाग्छ । बस ! छोरीले  चाँहि जित्न परो । त्यो नाबालिकाको चित्त दुखाएर, त्यसको  भाग खोसेर  हाँसिल हुने सबैकुरा  तुच्छ लाग्छ आजकल मलाई  ।  एउटा बाउका निम्ति  सिधान्त र नैतिकताका बकमफुसे कुरा भन्दा छोरीले मन पराएर मागेको  खेलौना  र गुडिया सधैं  माथी हुन्छ ।

          अन्त्यमा, यहि  आउदोँ  २०७९ सालको बैसाख ३० गतेका दिन, हामी छोरी दिवस मनाउन  गैईरहेका छौं । बाउको मुख हेर्ने / आमाको  मुख हेर्ने दिन  भएपनि छोरीको मुख हेर्ने दिन छैन ।  ३० गते छोरीको मुख हेर्ने दिन हो । मैले त मेरी छोरीको मुख सधैं हेरिरहेको छु । तपाईले पनि त्यो दिन मेरी छोरीको मुख हेरिदिनु होला । 

भवदीया - उहि प्यारी छोरीको दुखी बाउ ।

********************************

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक