20220527

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य, बैंक तथा वित्तीय संस्थाको ब्याजदर पुन: बढ्ने !

सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने गृहकार्य गरेको छ । मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाा कर घटाउने तयारी गरेको हो । मन्त्रिपरिषदको बैठकमार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाा कर घटाइने सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वाधारवापत ५ रुपैयाँ र भन्सार शुल्क ५ रुपैयाँ गरी १० रुपैयाँ घटाइनेछ । बजेटमार्फत यसलाई सम्बोधनको तयारी गरिएको छ । खाना पकाउने ग्यासमा भने शुल्क नघटाइने भएको छ । 

यसअघि नेपाल आयल निगमले सरकारसंग लिटरमा १५ रुपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजेल र मट्टितेलको १ सय ६३ रुपैयाँ पुर्‍याइएको छ । केही दिनअघि भारत सरकारले पनि कर कटौती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्यधिक करका कारण इन्धनको मूल्य चर्को रुपमा बढेको भन्दै आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो । 

उता बैंक तथा वित्तीय संस्थाको ब्याजदर पुन: बढ्ने भएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सो संकेत गरेको हो । तीन महिना अघि दोस्रो त्रैमासिक समीक्षामार्फत नीतिगत ब्याजदर (बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिंदा तिर्नु पर्ने ब्याजदर २ प्रतिशत बिन्दुले बढाएको थियो । 

राष्ट्र बैंकले पुन: क्षेत्रगत रुपमा ब्याजदर वृद्धिको संकेत गरेको हो । थोक रुपमा सबै क्षेत्रको ब्याजदर वृद्धि नगरेर क्षेत्रगत आधारमा अनुत्पादक र कम उत्पादनशील क्षेत्रमा ब्याजदर वृद्धि गर्ने सम्भावना देखिएको हो । मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक