20220505

जगन्नाथले प्रचन्ड, देउबा, माकुने सबैको होस उडाएको देखियो भरतपुरमा, उनीहरुका अभिब्यक्ती त्यसै भन्छन !

* उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा जगन्नाथ पौडेलले कांग्रेस सभापति, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न अस्वीकार गरे
* रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ: प्रचण्ड
* रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन : देउवा
* ओली महागफाडी, एमाले कुहिएको फर्सी हो  नखानुहोला, नसुघ्नुहोला, रोग लाग्ला : माकुने    


एउटा बहादुर काँग्रेस रहेछन चितवनमा जगन्नाथ पौडेल । प्रचन्ड, देउबा, माकुने सबैको होस उडाएको देखियो यिनले । सत्ताको दुरुपायोग गर्दै प्रधानमन्त्री देखी गठबन्धनका सबै नाइकेहरु भरतपुर पुगेर स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल माथि जाइ लागेका मात्र छैनन, भरतपुरबासीलाई समेत    धाक धम्की दिरहेका छन । भरतपुरबासी न्याय गर्छन् या इतिहासमा दोस्रो पटक पनि बिटुलिन्छन त्यो हेर्न चुनाबी नतिजा कुर्नै पर्ने हुन्छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहाललाई जिताउन आग्रह गरेका छन। उनले चुनावी तालमेललाई लिएर कांग्रेसभित्र कुनै बखेडा नगर्न पनि निर्देशन दिएका थिए। आफू महाधिवेशनमा ८२ प्रतिशत मत ल्याएर जितेको देउवाको भनाइ थियो। देउवाले चितवनको मेयरका रूपमा रेनुले पाँच वर्ष राम्रो काम गरेको भन्दै प्रशंसा पनि गरेका छन्।

‘रेनुले यहाँ जितिसक्नुभएको छ, हाम्रो पार्टीले बखेडा गर्नु आवश्यक छैन,’ आज चितवनमा सत्तागठबन्धनले गरेको चुनावी सभामा उनले भने, ‘साथीहरूले रेनु दाहालजीलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’ उनले रेनुको नेतृत्वमा विभिन्न ठाउँमा सडक कालोपत्र भएको पनि बताए। ‘उहाँले स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ के यो सानो कुरा हो?’ देउवाले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सभाहल बनेका खण्डमा यहाँ राम्रो हुनेछ।’ उनले यस्तो काम गर्ने मानिस नै मेयर हुनुपर्ने बताए। ‘यस्तो काम गर्ने मानिस नभएर को हुन्छ यहाँ?,’ उनले भने। 

उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए। साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए। ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ। भरतपुरबाट गठबन्धन टुटाउन हुन्न। गठबन्धन टुट्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ,’ देउवाले भने, ‘राम्रो काम गर्‍यो भने भोलि हाम्रा साथीले पनि ठाउँ पाउनुहुन्छ। हामीलाई अर्कोपटक सहयोग गर्नुस् भनौंला। रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो। यस्तो राम्रो काम गर्ने मानिसलाई हरायो भने यहाँका जनताले के भन्लान्?’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो मानिस भएको पनि बताए। ‘प्रचण्ड सजिलो मानिस हुनुहुन्छ तपाईंहरूले चिन्नुभएकै छैन,’ उनले भने। 

यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्ने बताएका छन्। उनले ०७४ मा रूखवाला (कांग्रेस) ले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए।  यो कुरा आज  सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा प्रचण्डले भनेका हुन्।

‘हालिदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने, ‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो। लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’ यसअघि बोलेका कांग्रेस नेताहरूले रेनुलाई मेयर जिताउने तर कांग्रेसलाई धोका नदिन प्रचण्डलाई आग्रह गरेका थिए।

यसको जवाफ दिँदै प्रचण्डले ०७४ मा कांग्रेसले भोट हाल्न असजिलो गरेको प्रतिक्रिया दिएका थिए।  यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए। नेकपा हुँदा आफू र माधव नेपालले पार्टीमा ७० प्रतिशत पुर्‍याएर ओलीलाई अध्यक्षबाट हटाएको दाबी उनले गरेका थिए। उनले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताए। एमसिसीलगायत विभिन्न बाहनामा गठबन्धन तोड्ने षड्यन्त्र भए पनि त्यो सफल हुन नदिइएको उनले बताए। 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्। आज भरतपुरमा सत्तागठबन्धनले गरेको चुनावी सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले गफमा मानिसलाई भुलाउन सक्ने भएकोले ख्याल गर्न भनेका थिए। ‘केपी ओलीको मैले बखान गर्न जरूरी छैन। हजार जिब्रो भएका नाघले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन्। बयलगाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्।’

ओली महागफाडी भएको पनि उनको आरोप छ। ‘गफमा उनले पिएचडी गरेका छन्। गफमा मानिसलाई भुलाउन सक्छन्,’ उनले भने, ‘झुठोलाई साँचो भनेर अलमल्याउन सक्छन् होस् गर्नुहोला।’ उनले रेनु दाहालले भरतपुरमा राम्रो काम गरेको पनि बताएका थिए। गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उनले आग्रह गरेका थिए।

अध्यक्ष नेपालले एमालेप्रति लक्षित गर्दै कुहिएको फर्सी भएको बताएका थिए। ‘फर्सी कुहिइसकेको छ। नखानुहोला, नसुघ्नुहोला, रोग लाग्ला,’ उनले भने।   

उता नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । अनलाइन खबरका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।’

कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् । मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’ उनले मल्ल पक्षलाई निलो स्यालसँग तुलना गर्दै कथा पनि सुनाइन् ।

एकादेशमा एउटा स्याल थियो । एकदिन कुखुरा चोरी खान पाइन्छ कि भनेर गाउँतिर लागेछ । एउटा घरछेउ ठूलो ड्रममा नीलो रंग घोलेर राखेको रहेछ । ऊ दुर्घटनावश त्यो ड्रममा पसेछ । बाहिर निस्कँदा पूरै नीलो भएछ र त्यत्तिकै जंगलतिर लागेछ । जंगलमा पुगेर उसले आफू विषेश प्रजातीको बाघ हुँ भन्दै बाघको बथानमा बसेछ ।

तर, एक दिन ज‌ंगलमा स्याल कराएको आवाज आएछ । नीलो स्याल पनि आफ्नो जातीय विशेषताअनुसार चूप बस्न सकेनछ र ठूलो स्वरले कराएछ, जसले गर्दा बाघका सामू सबै पोल खुलेछ । मल्ल पक्ष यस्तै निलो स्याल भएको राणाको भनाइ थियो ।

कांग्रेस सभापति देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा किचलो बढेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा आइपुगेकी हुन् । त्यस लगत्तै बसपार्कमा भएको सभामा उनले  विगतको तुलनामा डडेलधुरामा धेरै विकास भएको र यो सबै विकास देउवाले गरेको दाबी पनि गरिन् ।

नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गदै उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताए ।

ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले भरतपुरबासी आजित भएको भन्दै महानगरको सक्षम नेतृत्वका लागि एमालेका उमेदवारलाई मतदान गर्न अनुरोध गरे । एमाले चितवनका जिल्ला ईन्चार्ज समेत रहेका ज्ञवालीले विकासको चर्काे गफ गर्ने तर यथार्थमा महानगर भताभुङ्ग भएको बताए ।

गएराती परेको एकझरको पानीले गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहि देखिएको बताए । नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिका वडा नं १० को अध्यक्षको उमेदवार भक्ति गौतमले पानीको निकाससहितको विकास गर्ने बताएका छन् ।

विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउँदा दिनमा आफ्नो नेतृत्वले ढल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उनले पहिलो काम नै डुवान समस्या मुक्त गर्ने बताए ।

स्थानीयको सुझावलाइ ध्यान दिएर मात्र कार्य सम्पादन गर्ने उनको प्रतिबद्धता छ । कार्यक्रममा वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, नेकपा एमालेका वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव बद्री खनाल, उपसचिव बिज्ञान पौडेल, चिन्तामणी कडेललगायतको उपस्थिति रहेको थियो ।

सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेकाे छ ।

सत्ता साझेदार मध्येका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हुन्। उनको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न उनलाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, उनी भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि नहट्ने अडानमा छन् ।

नेपाली कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उनलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गरेका छन् ।


यही क्रममा उनलाई आज विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । करिब १० मिनेट भएको भेटमा रामचन्द्रले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । यति मात्र नभएर सभापति देउवासँग भेट गर्न समेत अनुरोध गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरे । भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए ।

भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताए । ‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेट’bout जगन्नाथले भने, ‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’ रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो भनेका थिए । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको उनको भनाइ छ ।

भेट अघि रामचन्द्रले पटक पटक फोन गरेर भेट्न आग्रह गरेका थिए । आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उनीहरूले भेट गर्न अस्वीकार गरेका थिए । तर, पटक पटक फाेन गरेपछि उनी छोटो समयका लागि भेट गर्न तयार भएका हुन् । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेणु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप-मेयरका उम्मेदवार बनेका छन् । चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उनलाई फकाउने रामचन्द्र पहिलो नेता भने होइनन् । यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको विशेष दूत बनेर काठमाडौंबाट चितवन पुगेका गृहमन्त्री खाणले जगन्नाथलाई घरमै पुगेर फकाए । बागी फकाउन उनी १४ वैशाखमा चितवनस्थित उनकै घरमा पुगेका थिए । बागी फकाउन चितवन पुगेका गृहमन्त्री खाँण रित्तो हात काठमाडौं फर्किए ।

उनीसँगको भेटमा जगन्नाथले आफू निकै अघि बढिसकेको र पछि फर्किने अवस्था नरहेको प्रष्ट पारेका थिए । बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि खाण १६ वैशाखमा काठमाडौं फर्किएका थिए । यसै बीचमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले पनि उनलाई फकाउने प्रयास गरेका थिए । तर, उनीसँग पनि जगन्नाथले पुरानै जवाफ दिएका थिए । उम्मेदवारी दिनुअघि नै कांग्रेसले बागी उठाने संकेत पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यस’bout कांग्रेसको ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेताहरूसँगको भेटमा प्रचण्डले बागी उम्मेदवारी’bout नसोच्न आग्रह गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयरमा आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाएका थिए । तर, कांग्रेसको तर्फबाट जगन्नाथ बागी उठेका हुन् ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक