20220528

युक्रेन र रुसको जारी द्वन्द्वले खाद्यान्न, उर्जा र मलको चरम मूल्यवृद्धि, विश्वव्यापी मन्दी आउन सक्ने, उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउने सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव रुस र चीनको भिटो

 विश्व बैंकका प्रमुख डेभिड मालपासले युक्रेन र रुसको जारी द्वन्द्वले खाद्यान्न, उर्जा र मलको चरम मूल्यवृद्धि हुनुका साथै विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिनुभएको छ । द्वन्द्वको असर विश्वव्यापी रुपमा पर्ने र त्यसबाट बच्न तथा नियन्त्रण गर्न अत्यन्त कठिन भएको मालपासको भनाई छ ।

 विश्व अर्थतन्त्र संकुचित हुन सक्ने बढ्दो जोखिमका बारेका विभिन्न कोणबाट विश्लेषण भइरहँदा मालपासले टिप्पणी गर्नुभएको हो । उहाँले भन्नुभयो, “विश्वव्यापी जीडीपीलाई हेर्दा हामी कसरी चरम मन्दीबाट बच्न सक्छौं भन्न गाह्रो छ ।” ऊर्जाको मूल्य दोब्बर बनाउने विचार आफैंमा मन्दी सुरु गर्न पर्याप्त रहेको मालपसले बताउनुभयो । कोरोनाभाइरस र त्यसपछिका विभिन्न प्रतिबन्ध, त्यसबाट विश्व अर्थतन्त्रमा परेको प्रभावले नै चिन्तित बनाइरहेको अवस्थामा युक्रेन र रुसबीचको द्वन्द्वले थप कठिन परिस्थिति निर्माण गरेको उहाँले बताउनुभयो । गत महिना, विश्व बैंकले यस वर्षको लागि विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण लगभग पूर्ण प्रतिशत अंकले घटाएर ३ दशमलव २ प्रतिशतमा सिमित गरेको थियो । 

  उता उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव रुस र चीनले भिटो प्रयोग गरि असफल बनाएका छन् । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् । संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उहाँले सम्बन्धित देशहरुले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने उल्लेख गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धले ठूलो मानवीय प्रभाव पार्ने उहाँको भनाई थियो । मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा ९ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक