20220612

यस्तो समाचार पनि लेख्ने दिन आयो : श्रीमतीले जबर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ परे श्रीमान, पक्राउ परेकालाई वैवाहिक जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ भन्छ प्रहरी

नयाँ नेपालमा नयाँ कानुन हरु थपिंदै जाँदा, कानुन निर्माताहरु दुरदर्शी हुँदै, बन्दै जाँदा अब श्रीमानहरुले एक दिन श्रीमती सँग सहबास गर्न पनि पूर्व स्वीकृतिको कागजातमा ल्याप्चे लगाएर मात्र सुरसार गर्नुपर्ने दिन नआऊला भन्न सकिने अवस्था छैन । गुल्मीमा एउटा यस्तै घटना घटेको छ । गुल्मीमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ पुरका एक पुरुष आइतबार पक्राउ परेका हुन् । २४ वर्षीय श्रीमतीले आफुलाई श्रीमानले जबर्जस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका पुरुषलाई वैवाहिक जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताए । श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भनी "पिडित" श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक