20220612

नेपाल फेरी कोरोनाको चपेटामा पर्न सक्ने भन्दै बिज्ञहरुको चिन्ता, भारतमा कोभिडका संक्रमितहरुको संख्या निक्कै बढ्न थाल्यो !


 नेपाल फेरी कोरोनाको चपेटामा पर्न सक्ने भन्दै बिज्ञहरुले चिन्ता ब्यक्त गर्न थालेका छन । छिमेकी भारतमा दिनानु दिन कोरोना संक्रमितहरुको सन्ख्या बढ्न थाले पछि खुल्ला सिमाका कारण त्यसको असार नेपालमा पर्न सक्ने र यो छिट्टै फिल्ने बिगतको अनुभबले चिन्ता पैदा भएको हो । भारतमा विगत केही सातादेखि कोभिड १९ का संक्रमितहरुको संख्या निक्कै बढ्न थालेको छ । संख्या बढेसँगै भारतमा कतै कोभिडको चौथो लहर त आउन थालेको होइन भनी आशंका समेत गर्न थालिएको छ ।

पछिल्लो २४ घन्टामा त्यहाँ ८ हजार ३ सय २९ जना नयाँ संक्रमित थपिएको र कोभिड कै कारण १० जनाको मृत्यु भएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको यो संख्या १०३ दिन यताकै सबैभन्दा बढी हो । भारतको महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरला लगायतका राज्यहरुमा कोभिडका संक्रमितहरु बढ्दै गएको तथ्याङ्क ले देखाएको छ । कोभिड कै कारण भारतमा हालसम्म ५ लाख २४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । कोभिडको संक्रमणबाट बचाउन त्यहाँ १ अर्ब ९४ करोड भन्दा बढी खोप लगाइसकिएको छ ।


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक