20220611

Updated : प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार, एकजना ब्यक्ती माइला बिकका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त

Updated : नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली ‘थ्रि ए’ को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। आज बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिककाे साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उद्धार गरेकाे हाे ।बिक शनिबार बिहानै प्रशारण लाइनमा चढेका थिए । उनलाई तारबाट झार्न स्थानीय वासिन्दा र नेपाल प्रहरीले प्रयास गरेपनि तल झार्न सकेका थिएनन् । उनी तरमै हिडीरहेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द गरिएको थियो ।
***
नेपालमा आज एउटा अपत्यारिलो घटना घटेको छ । नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा एकजना मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ ।

 ‘६ घण्टादेखि माथिल्लो त्रिशूली-३ 'ए' र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरहेका छौं । भारतबाट पनि बिजुली ल्याइएको छ ।’ प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको खबर आइ रहेकाछन तर यस्तो कसरी सम्भब हुन्छ आश्चर्यमा छन मानिसहरु ।

 ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो । ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा चढेका ति ब्यक्ती मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिक भएको बताइएको छ । उनी चढेपछि प्राधिकरणले आफ्ना विद्युत् आयोजना बन्द गरेर प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको हो ।

यसै बिच त्रिशुली थ्री ए को प्रशारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी छन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका छन् । ‘अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ । हाम्रो टोली हेलिकप्टरसहित स्ट्याण्डबाइ छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय भइरहेको छ’ उनले भने ।
*****

कविता : गाउँघरको कथा - रामप्रसाद खनाल

 

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक