20220730

प्युठानकाे स्वर्गद्वारीमा सवारी दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

 
प्युठानकाे स्वर्गद्वारीमा  आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । यात्रु बोकेको बोलेराे जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन । घाइतेहरुको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको छ । जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।  स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा जीप दुर्घटना भएको थियो ।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका -३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन। त्यसमध्ये ९ जनाको अबस्था गम्भिर छ । भिङ्ग्रीमा प्राथमिक उपचारपछि घाइतेहरुलाई बुटवल रिफर गरिएको थापाले बताउनुभयो। रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय जीप रिजर्भ गरेर शुक्रवार तिर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए। जीपमा १७ जना सवार थिए। जीपकाे ब्रेक नलागेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक