20221222

बोलचाल र पानी बाराबार भन्दा पनि हद नाघेका केपी ओली र प्रचण्डको घिनलाग्दो सत्ता बार्ता र फोहोरी खेल !


नेकपा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गर्दै सरकार निर्माणका लागि पहल बढाएको छ। बिहीबार एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच सरकार निर्माणबारे छलफल भएको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच बानेश्वरस्थित संसद भवनमा सरकार निर्माणबारे छलफल भएको हो।

बिहीबार मात्रै बालकोटमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन छाडेर आए माओवादीसँग सरकार निर्माणका लागि छलफल गर्न तयार रहने बताएका थिए। 'सरकार निर्माणको सम्भावनाबारे एमालेले सबैसँग छलफल गर्ने निर्णय गरेको छ। त्यहीअनुसार आज वर्षमानजीसँग छलफल भएको हो,' नेम्वाङले भने। यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गर्दै सरकार निर्माणबारे छलफल गरेका थिए। एमालेले माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले राख्न चाहेको छ।


बिहीबार नै सांसदहरूको शपथ ग्रहणपछि ओली र प्रचण्डबीच संसद भवनमा भेट भएको थियो। प्रचण्डसामु ओली र नेम्वाङ सँगै गएका थिए। तर प्रचण्डको छेउमा एउटा मात्रै कुर्सी खाली भएपछि नेम्वाङ ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको छेउमा बस्न पुगे।


प्रचण्डले पहिलो कार्यकाल नै सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्। संसद भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आलोपालोमा विवाद नरहे पनि पहिलो कार्यकाल कसले पाउने भन्नेमा सहमति हुन बाँकी रहेको बताएका थिए।


'वर्तमान गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्छ। आलोपालोको सहमति भएकै छ तर पहिले कसले नेतृत्व गर्ने भन्ने सहमति हुन बाँकी छ। शक्ति बाँडफाँटबारे हामी छिट्टै छलफल गर्छौं,' उनले भने।


प्रचण्ड पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्ने पक्षमा छन्। मंगलबार स्वतन्त्र सांसद अमेरशकुमार सिंहसँग खुमलटारमा भएको भेटमा उनले यो आशय व्यक्त गरेका थिए।


'प्रचण्डजी पहिलो कार्यकालमै प्रधानमन्त्री हुने पक्षमा हुनुहुन्छ। घटनाक्रम पनि त्यतै अघि बढिरहेको उहाँको आकलन छ,' सिंहले भने।


प्रचण्डले असामान्य परिस्थितिबाहेक वर्तमान गठबन्धनमै रहेर सरकार निर्माण गर्ने पनि बताएका छन्।


'पाँच दलीय गठबन्धन असामान्य परिस्थितिबाहेक भत्किँदैन। यसैलाई नै पाँच वर्षसम्म कायम राख्ने पक्षमा म पनि छु। सामान्य अवस्थामा गठबन्धन टुट्दैन,' प्रचण्डको भनाइ उद्धृत गर्दै मंगलबार उनीसँग भेट गरेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सेतोपाटीसँग भनिन्।


बिहीबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्ने बताएका छन।


सेतोपाटीका अनुसार 'राष्ट्रपतिले सरकार निर्माणका लागि समय तोकेकाले त्यो समयभित्र गठबन्धन दलको समर्थन जुटाएर सरकार निर्माणका अध्यक्षले कांग्रेस र समाजवादीसँग छलफल गर्ने कुरा भएको छ,' माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक