20221202

रुससंगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिकको मृत्यु : युक्रेन, रुससंग युद्धकै क्रममा रहेकाले हताहतीको यकिन संख्या अझै पत्ता लाग्न बाँकी

 रुससंगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिकको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनमा १० हजार देखी १३ हजारको संख्यामा सैनिकको मृत्यु भएको राष्ट्रपति भ्लोदोमिर जेलेन्सीका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुससंग युद्धकै क्रममा रहेकाले हताहतीको यकिन संख्या अझै पत्ता लाग्न नसकेको पोदोल्याकको भनाई छ । यद्यपी मुत्यु भएकाको संख्याबारे युक्रेनी सेनाले आधिकारीक रुपमा स्विकार गरेको छैन । गत जुनमा दैनिक १ सय देखी २ सयको संख्यामा युक्रेनी सेनाको मृत्यु भैरहेको राष्ट्रपति कार्यलयले बताएको थियो ।

अमेरिकि एक उच्च सैनिक अधिकारीले भने रुसले युक्रेन माथि हस्तक्षेप सुरु गरेयता, मस्कोतर्फ १ लाख बढि र कीभ तर्फ सोही संख्यामा सेना मारिएको दाबी गरेका थिए । युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन देर लेयेनले पनि युद्धका क्रममा १ लाख युक्रेनी सेनाले ज्यान गुमाएको अभिव्यक्ती दिनुभएको थियो । यद्यपी इयुले लेयेनको सो आंकडालाई सच्चाउंदै घाइते र मृत्यु हुनेको संख्या अझै बढी भएको बताएको थियो । युक्रेनले रुसतर्फ १ लाख सेना मारिएको दावी गरेको छ । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक