20221229

तत्कालीन प्रिय राजा, शालीन, भद्र र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्र प्रति अन्तर्मन देखी नै हार्दिक श्रद्धा-सुमन आज पुस १४ गतेको विशेष दिनमा !

 वीरे चोर - देश छोड, पम्फादेवी ठकुरानी - स्वीजरल्याण्डमा लुकाएको पैसा फिर्ता ले, राजतन्त्र - मुर्दावाद, पञ्चायती व्यवस्था - मुर्दावाद भन्दै जान्ने भए देखी २०५४ साल सम्म यिनै देशद्रोही नेता र दलले सिकाएका भरमा नाराबाजी गर्ने, अरूलाई पनि यस्तै गर्न सिकाउँदै हिँड्ने मूर्ख मनुष्य मध्ये म पनि एक हुँ किन ढाँट्नु । इमान्दारितापुर्बक भन्दै छु - त्यो बेला मलाई ब्रेनवास गर्ने गराउने, मेरो तातो रगत र युवा जोसलाई दुरुपायोग गर्ने गराउने भ्रष्ट, अपराधी नेताहरू र दलहरु सम्झँदा तिनीहरूलाई थुक्न मन मात्र लाग्दैन २०५४ साल अघि म आफै कति अबुझ रहेछु, मलाई कति गलत प्रयोग गरेछन् यी कथित लोकतन्त्र गणतन्त्रवादी हौँ भन्ने अपराधीहरूले भनेर पश्चात्ताप पनि गर्दछु । देश र जनता प्रति उत्तरदायी, तत्कालीन प्रिय राजा, शालीन, भद्र र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्र प्रति अन्तर्मन देखी नै हार्दिक श्रद्धा-सुमन आज पुस १४ गतेको विशेष दिनमा ।  - रामप्रसाद खनाल 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक