20221208

पेरुमा बहालवाला राष्ट्रपतिलाई महाअभियोग लगाउँदै उपराष्ट्रपति डिना बोलुआर्टेलाई नयाँ राष्ट्रपतिको रुपमा चयन

अर्जेन्टिनाकी उप–राष्ट्रपति क्रिस्टिना फर्नान्डिज डि किर्चनरलाई भ्रष्टचारको आरोपमा ६ वर्ष जेल सजाय
 पेरुमा बहालवाला राष्ट्रपतिलाई महाअभियोग लगाउँदै उपराष्ट्रपति डिना बोलुआर्टेलाई नयाँ राष्ट्रपतिको रुपमा चयन गरिएको छ । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएको हो । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोले संसद भंग गर्ने प्रयास गरेको केही घण्टा पछि नै नाटकीय रुपमा नयाँ राष्ट्रपति चयन गरिएको हो ।

त्यसअघि आफू विरुद्धको नयाँ महाभियोग प्रक्रिया सुरु हुनु केही घण्टा अघि राष्ट्रपति कास्टिलोले संसद भंग गर्ने प्रयास गर्नुभएको थियो । राष्ट्रपति कास्टिलोले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै विधिको शासन र लोकतन्त्रको पुन: स्थापनाका लागि असाधारण सरकार स्थापना गर्ने घोषणा गर्नुभएको थियो । राष्ट्रपतिको संसद भंग गर्ने घोषणालाई वेवास्ता गर्दै सांसदहरुले आकस्मिक बैठक बोलाई नयाँ राष्ट्रपति चुनेका हुन् । संसदमा राष्ट्रपति कास्टिलोविरुद्ध महाअभियोग प्रस्ताव लगेर मतदान भएको थियो । १ सय १ सांसदले महाअभियोगको पक्षमा मतदान गरेका थिए ।

उपराष्ट्रपतिको भूमिकामा रहेकी ६० वर्षीय डिना बोलुआर्टेले अब राष्ट्रपतिको रुपमा सन् २०२६ को जुलाईसम्म शासन गर्नुहुनेछ । सपथ ग्रहण पछि सम्बोधन गर्दै उहाँले मुलुकमा देखिएको संकट समाधानका लागि राजनीतिक युद्धविरामको आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पेड्रोले विपक्षी–नियन्त्रित कांग्रेसलाई विघटन गर्ने घोषणा गरेपछि सांसद तथा मन्त्रीहरुले विरोध गर्दै राजीनामा दिएका थिए । संवैधानिक अदालतका प्रमुखले उनलाई ‘कु’ सुरु गरेको आरोप लगाएका छन् । पेरुको पुलिस र सशस्त्र बलले एक संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक आदेशको सम्मान गरेको बताएका छन् । 

उता अर्जेन्टिनाकी उप–राष्ट्रपति क्रिस्टिना फर्नान्डिज डि किर्चनरलाई भ्रष्टचारको आरोपमा ६ वर्ष जेल सजाय सुनाइएको छ । ६९ वर्षिया किर्चनरले सरकारी योजनाको ठेक्का आफ्ना नजिकका व्यवसायी साथीलाई दिएको आरोप पुष्टि भएपछि जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनएका छन् ।

यस्तै उनलाई सरकारी कामकाज गर्नबाट समेत बन्देज लगाइएको छ । उप–राष्ट्रपति नै भ्रष्टचारको आरोपमा जेल सजाय पाएको मुलुकको पहिलो घटना भएको बताइएको छ ।

उनले सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो । सो विषयमा ११ जनाविरुद्ध मुद्दा चलिरहेकोमा ७ जना दोषी ठहर भइसकेका छन् । तीन जना भने रिहाइ भएका छन् । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक