20221205

कठै हामी र हाम्रो नियती !

 सुतेको बेला,

सपना देखिन्छ ठिकै हो
तर यहाँ,
बिपनामा सपना देख्दै छौँ हामी !
सीमा बिनाको देश हुनुपर्छ भन्छौँ,
सीमा बिनाको देश हुन्छ र ?
हरेक मान्छे समान हुनुपर्छ भन्छौँ,
हरेक मान्छे समान हुन्छ र ?
धनी गरिब सब एकै हुनुपर्छ भन्छौँ,
धनी गरिब सब एकै हुन्छ र ?
सबैको समान सम्पत्ति हुनुपर्छ भन्छौँ,
सबैको समान सम्पत्ति हुन्छ र ?
उँचो निचो अन्त्य हुनुपर्छ भन्छौँ,
सम्भव छ ? हुन्छ र ?
धर्म अफिम हो भन्दै भ्रम फैलाउँछौ हामी
के धर्म अफिम हुन्छ र ?
साम्यवादका सपनाले संसार चल्छ र ?
सबैले मार्क्सवादमा डिग्री लिनुपर्छ भन्छौँ
मार्क्सवादको डिग्रीले केही लछार्छ र ?
हावा नेता, हावा जनता, हावा कुरा
चलिरहेछ झुटको खेती
हाम्रो तिर अझै पनि
बाँडिएका छन यत्रतत्र
आकाशका तारा झार्ने सपना
न त्यो हिजो सम्भव थियो
न आज सम्भव छ
न भोलि सम्भव हुने छ !
जिजु बाउ देखी बाउ बाजे सम्म
बाँचे सधैँ भ्रमका खेतीहरूमा
अहिले हामी थाम्दै छौँ उही बिँडो
सन्ततिले पनि थाम्ने होलान् यही बिँडो
तपाईँहरू सपना देख्दै गर्नुस् हजुर
"लाहुरे" खनाल बाजे केही गर्न हिँड्यो !
- रामप्रसाद खनाल, हाल अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक