20221217

ट्विटरले पत्रकारलाई प्रतिबन्ध लगाएको घटनामा संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले विरोध जनाए


 माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्नो विषयमा रिर्पाेटिङ्ग गरिरहेका पत्रकारलाई प्रतिबन्ध लगाएको घटनामा संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनले विरोध जनाएका छन् । न्युर्याेक टाइम्स, सिएनएन र वांिसंगटन पोष्टका अकाउण्ट समेत ट्विटरले बन्द गरिदिएको छ । संयुक्त राष्ट्रसंघले सञ्चारमाध्यमको स्वतन्त्रतालाई खेलौना बनाएको आरोप लगाएको छ । युरोपियन युनियनले ट्विटरले आफ्नो क्रियाकलापलाई सम्हाल्न नसके प्रतिबन्धसम्म लगाउन सक्ने चेतावनी दिएको छ ।


प्रतिवन्धमा परेका सञ्चारमाध्यामले लोकेसनको डाटा सम्वन्धी फिचर प्रयोग गरि सुचना सेयर गरेकाले प्रतिवन्ध लगाएको ट्वीटरले दाबी गरेको छ । मालिक एलन मस्कको निजि हवाई जहाजको लोकेसन सहित उनका छोराछोरीको पनि सवारी साधन ट्रयाक गरेका कारण सो प्रतिबन्ध लगाउनुपरेको ट्वीटरले उल्लेख गरको छ । प्रेश स्वतन्त्रतालाई आफु अनुकुल प्रयोग गर्न नसकिने उल्लेख गर्दै जर्मनीको परराष्ट्र मन्त्रालयले ट्विटरको कदमको विरोध गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक