20230111

खरो बोल्ने, तितो बोल्ने तर सत्य बोल्ने रवीन्द्र मिश्र सँगको एउटा हेर्नै पर्ने अन्तर्वार्ता, कडा, तिता, तर सत्य बचन, क्या बात !

प्रिय मित्र रवीन्द्र मिश्र जी,

अर्का पत्रकार मित्र टिकाराम यात्रीजीले तपाईँसँग लिनुभएको र AP 1 टेलिभिजनबाट प्रसारित अन्तर्वार्ता भर्खर पुरा हेरेँ, सुनेँ । राजनीतिबाट अलग, स्वतन्त्र रहेको तपाईँको यो मित्रलाई थाहा छ कि तपाईँ र लिङ्देनजी यो सरकारमा जान हुन्नथ्यो भन्ने पक्षमा हुनुहुन्थ्यो तर पार्टीको बहुमतले सरकारमा जानु पर्ने बताउँदा तपाईँहरूको मान्यता फेल भएछ र रा.प्र.पा यो सरकारमा जाने भएछ जुन मेरो बिचारमा रा.प्र.पा.को लागि यो ठुलो दीर्घकालीन गल्ती र आत्मघाती कदम हो । ऐतिहासिक भुल हो । यो कुरा बाहेक टिकारामजीले सोधेका प्रश्नमा तपाईँका उत्तरहरू ती तपाईँका मात्र उत्तर होइनन, कडा, तिता, तर सत्य बचन हुन । तपाईँले बोलेका अधिकांश बचन ती मेरा पनि बचन हुन । खरो बोल्ने तितो बोल्ने तर सत्य बोल्ने तपाईँको आजको यो अन्तर्वार्ता लाई म यत्ति भन्छु - क्या बात । यस्तो पो बात । शतीले श्राप गरेको देश हो । यहाँ राम्रो गर्ने लाई राम्रो हुन्न । आज सम्मका नजिरहरू त्यही भन्छन् तर दल, दलीय बिचार भन्दा माथि देश बोकेर हिँड्ने तपाईँको सोच, बिचार र देश प्रतिको अघात आस्थालाई मेरो सधै सलाम छ । तपाईँको जय होस मित्र । 

- रामप्रसाद खनाल 


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

click on this logo for home page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक