20230125

हार्दिक श्रद्धाञ्जली वास्तविक शहीद प्रेमप्रसाद आचार्य सन्तोष प्रति, जसले राक्षसी राज, हत्यारा, अपराधी, भ्रष्ट राज्य सत्ता, प्रणाली र बहिरो समाजका आँखा खोल्ने र सुन्ने गरी घचघच्याएर, सन्देश दिएर आफू सदाका लागि बिदा भए !


 आत्मदाह गर्नु समाधान पनि होइन तर आत्मदाह गर्न कसैलाई रहर पनि हुँदैन हामीले बुझ्नु जरुरी छ । सँसद भवन नजिकै नयाँ बानेश्वरमा हिजो प्रेमप्रसाद आचार्य सन्तोषले गरेको आत्मदाहको त्यो आगो र चित्कारले राक्षसी राज र मानवीयता हराएका समाजका दानवहरू, राजनीतिक वेश्यावृत्ति गर्दै देश लुट्ने र लाखौँ विवश प्रेमप्रसादहरू उत्पादन गर्ने लुटेराहरूलाई पनि भतभती पोलोस् ! हार्दिक श्रद्धाञ्जली वास्तविक शहीद प्रेमप्रसाद आचार्य सन्तोष प्रति । समवेदना शोकाकुल वहाँकी श्रीमती, परिवार जन र सबै सबैमा । प्रेमको यो चित्कार धेरै नेपालीको चित्कार हो उनी कायर होइनन् बहादुर हुन जसले राक्षसी राज, हत्यारा, अपराधी, भ्रष्ट राज्य सत्ता, प्रणाली र बहिरो समाजका आँखा खोल्ने र सुन्ने गरी घचघच्याएर, सन्देश दिएर  आफू सदाका लागि बिदा भएका छन् । यो सामान्य घटना हुँदै होइन ।

अर्को कुरा, शोकाकुल परिवार लाई सबैले सहयोग गरौँ ठिक छ तर साम्यवाद, सबै जनता समान भन्दै कम्युनिजमका नाममा अशिक्षा, गरिबी, बेरोजगारीका नाममा आफू यता र उता गरी गरी सत्तासीन हुने, हजारौँ छोटे राजा बनेर जनतालाई प्रेमप्रसाद बन्न बाध्य पार्ने अपराधी र लुटेराहरूका सरदारहरू, बिपीको समाजवादको व्यापार गर्ने पाखण्डी हरू देखी नयाँ जोगीहरू सम्म लाई नयाँ बानेश्वरको सँसद भवन प्रवेश द्वारमै बसेर कठालो समातेर पीडित परिवारलाई सहयोग गर्न बाध्य पारौँ । सरकार के का लागि ?? लुट्न का लागि मात्रै हो ?? सरकारले प्रेमप्रसादको परिवारको जिम्मा लिनु पर्दैन ?? सबैको ध्यान पुगोस् । 

कति सहेर बस्ने अब ? कहिले सम्म सहेर बस्ने ? प्रेमप्रसादहरू लाई आत्मदाह गर्न बाध्य पार्ने राक्षसी राज, प्रणालीका विरुद्ध जुरुक्क उठ्नुस्, मुख खोल्नुस्, मानवीयता हराएको दानवीय समाज बदलियोस् । यो बाहेक अरू के नै भन्न सकिन्छ र ! फेरी पनि हार्दिक श्रद्धाञ्जली वास्तविक शहीद प्रेमप्रसाद आचार्य सन्तोष प्रति । समवेदना शोकाकुल वहाँकी श्रीमती, परिवार जन र सबै सबैमा ।        

यो तलको लिँकमा गएर सबै विवरण हेर्न सक्नुहुन्छ :


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक