20230126

अर्को यात्रा - सरस्वती तिमिल्सिना

म आकासमा उडे पनि 

सपना भुइँमै छोडेकी छु ।

म उडेकै हो

स्वप्नको कारपेस चढेर

कल्पना पनि नगरेको खुशीले 

अनगिन्ती यादहरु पनि 

बोकेर आउँदो रहेछ 

म फर्किएकै हो

त्यही समयममा

जति बेला

बरखी बारेर हुर्काएको 

दुईटा रक्तपिण्ड भन्दा 

केही थिएनन् मसँग 

र कोही थिएन मसँग


मेरै आँसु पिएर उनीहरुले

प्यास मेटाएका हुन् 

उनीहरुलाई आज पनि लाग्छ

कि आमाको दूधमा नुन मिसिएको हुन्छ

उनीहरुलाई थाहा छैन 

आमाले  दूध हैन 

आँसु पिलाएकी थिई


लिटो र माटोको स्वादमा

फरक पाउँदैनन् उनीहरुले

उनीहरुलाई आज पनि थाहा छ 

माटोको स्वाद

किनकी

भोक लाग्दा लिटो भन्दा ज्यादा

माटो खाएकाछन् उनीहरुले ।


उनीहरुले सेतो कपडा मात्रै चिनेनन्

हरेक आमाको मन सन्तानका निम्ति

सेतो र सफा हुन्छ भन्ने पनि बुझे

नउनीहरुले कहिल्यै मैलो पारे

न मैले मैलो बनाएँ मन


आँखामा घुमेको दृश्य 

र मनमा चलेको आँधी बीचमा पनि

आहा

क्या खुशी फुल्दो रहेछ ।

म आकासमा उडे पनि 

मन धर्ती मै छ । 

सपनाहरु भुईँमै छन् ।


आज पनि म 

ती रक्त पिन्डहरु मैसँग छन्। 

फरक यत्ति हो 

आज

छोरा ककपिटमा बसेर जहाज उडाउँदैछ छ

म यात्रु भएर उडिरहेकी छु ।

*******************

अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक