20230115

मानसिक सन्तुलन बिग्रेका मामा द्वारा ८ बर्सिय भान्जाको मन्दिर भित्र लगेर हत्या, टाउको र शरीर अलग अलग भेटियो

सल्यानमा ८ वर्षीय बालकको मन्दिरभित्र लिएर धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले आफ्नै भान्जा ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हसिँया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार दिउँसो पुरीले आफ्नै घर आगनमा रहेको मन्दिरभित्र लिएर भान्जाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । बालक भान्जालाई मन्दिरभित्र लगेर काटेको, टाउको र शरीर अलग अलग बनाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मामा पुरी मानसिक सन्तुलन ठीक नभएको र विगत केही महिनादेखि औषधी सेवन गरी रहेको जनाएका छन् ।  हत्या गर्ने पुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक