20230323

प्रचण्ड पथ, बाबुराम पथका पछाडि लाग्दा लाग्दै, देउवा, ओली, माकुने पथमा लाग्दा लाग्दै, अहिलेका नयाँ जोगीहरूको पथ पनि क्लियर भैसको छ !

 
खेत बारी बाँझै छन, युवा कि त खाडीतिर छन कि भ्रस्ट नेताका पछाडि छन । गाउँ देखी शहर सम्म उद्योग धन्दा होइन फोहोरी राजनीतिको व्यापार मात्रै चलिरहेको छ । खाने, लाउने देखी हर कुरा भारत र चीन बाट आउँछ । देश मा न सियो बन्छ न दियो । हर कुरा आयात, निर्यात जिरो । निर्यात छ त दक्ष जनशक्ति मात्र । हामी नेपालीलाई आउने भनेको टिकटक, फेसबुक, युट्युब ट्वीटर लगायतका सामाजिक सन्जालमा उफ्रिन, कराउन मात्रै हो । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र शान्तिलाई टुङ्गो मा पुर्‍याउने नाममा देश सीमित लुटेराहरूको स्वर्ग बनेको छ भने बाँकी जनतालाई नर्क । प्रकृतिले स्वर्ग जस्तो बनाइदिएको देश, त्यो पवित्र माटो प्रति सदा गर्व छ तर देशका हिसाबले नक्सा भन्दा बाहेक हर कुराले नर्क बनाउँदै छन अपराधी, पापी र दुष्टहरूले ।  प्रचण्ड पथ, बाबुराम पथका पछाडि लाग्दा लाग्दै, देउवा, ओली, माकुने पथमा लाग्दा लाग्दै, अहिलेका नयाँ जोगीहरूको पथ पनि क्लियर भैसकोछ कि यी सबै उही ड्याङका मुलाहरू हुन । बिस्तारै हेर्दै जानुहोला हामी श्रीलङ्का, अफगानिस्तान, सोमालिया सिरिया जस्ता असफल देशको सूचिमा पर्ने मात्र होइन भोकमरीले मर्ने दिन पनि न आउँला भन्न सकिन्न चेतना भया !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक