20230309

प्रमुख खबरका यिनै हेड लाइनहरु पुरा समाचार नपढिकनै बुझ्नेका लागि बुझ्न काफी छन, लौ जे जे बुझ्नु छ बुझ्नुस् !!


 "नानीका बा" विरुद्धको मुद्दा सर्वोच्चले हेर्न भ्याएन आज । उनकै पहलमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल आजै राष्ट्रपति निर्वाचित, राप्रपा र मजदुर  किसान पार्टीले मतदानमा सहभागिता जनाएनन । वैकल्पिक भनिएको र जनताले आशा गरेको "नानी का बा" को सरकारलाई समर्थन गरिरहेको 'स्वतन्त्र' पार्टीले पनि आज "नानीका बा" को गठबन्धनमा रहँदै, सार्वजनिक रूपमा नभन्ने भन्दै रामचन्द्र पौडेललाई भोट दियो रे । आजै उपराष्ट्रपतिमा एमालेले जसपाविरूद्ध उम्मेदवारी नदिने ओलीले घोषणा गर्दै कांग्रेससँग सहकार्य नगर्ने कसम नखाएको बताएर अर्को ढोक्सा थापे रे । उपराष्ट्रपतिमा जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय, जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्ग प्रशस्त । परिमार्जन गरेर संसदमा दर्ता भयो छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक । अब जेलबाट मुक्त गरी रेशम चौधरी लाई मन्त्री बनाउने सर्तमा उन्मुक्ति पार्टीले सरकार लाई समर्थन गर्ने र रामचन्द्र पौडेललाई राष्ट्रपति मा भोट हाल्ने निर्णय भएको उन्मुक्तिका एक नेताको दाबी । यिनै हुन आजका प्रमुख खबरहरू । सक्की गो नि ! प्रमुख खबरका यिनै हेड लाइनहरु पुरा समाचार नपढिकनै बुझ्नेका लागि बुझ्न काफी छन, लौ जे जे बुझ्नु छ बुझ्नुस् !!


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक