अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेको सन्दर्भमा आफ्नो प्रतिकृया दिंदै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेन कहिलै पनि सो पदको उमेदवारका लागि ‘फिट’ नभएको बताएका छन् । उनले भनेका छन्, "बाइडेन झुठ र फर्जी खबरमा टेकेर राष्ट्रपति पदमा पुगेका हुन् । उनी आफ्नो बेसमेन्टबाट समेत बाहिर निस्केनन् । उनका नजिकका मान्छे जो चिकित्सक र मिडियाका मानिस पनि छन्, उनीहरू सबै जान्दछन् कि उनी राष्ट्रपति पदको लागि सक्षम छैनन् र थिएनन् ।"
उनले दशौँ लाख मानिस सीमा पार गरेर आइरहेको बताए । "उनले हाम्रो देशको लागि के गरे, दशौँ लाख मानिस हाम्रो सीमा पार गरेर आइरहेका छन् । उनीहरूको कुनै जाँच भइरहेको छैन । कैयौँ जेल र मानसिक स्वास्थ्य संस्थाबाट आइरहेका छन्," उनले भनेका छन् । बाइडेनको राष्ट्रपति कार्यकालको कारण भारी पीडा उठाउनुपर्ने बताएका छन् । "रेकर्ड संख्यामा आतंककारी आइरहेका छन् । उनको राष्ट्रपति कार्यकालको कारण हामीले भारी पीडा उठाउनुपर्नेछ । तर, उनले जुन नोक्सान पुर्याएका छन् त्यसलाई हामीले चाँडै नै ठीक गर्नेछौँ" ट्रम्पले भनेका छन् ।
डेमेक्र्याटिक पार्टीको प्रतिस्पर्धी ठानिएको रिपब्लिकनका तर्फबाट भने पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार चयन भइसकेका छन्। पेन्सिल्भेनिआको एक चुनावी सभामा गोली प्रहारबाट उनको हत्या प्रयास भएको पाँच दिन पछि रिपब्लिकन पार्टीले ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार चयन गरेको थियो। बाइडनले चुनाव नलड्ने घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै ट्रम्पले भनेका छन्, “उनी चुनाव लड्नका लागि तन्दुरुस्त थिएनन्… र काम गर्नका लागि पनि छैनन्।” रिपब्लिकन पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि ट्रम्पले जस्तै बाइडनको आलोचना गरेका छन्। उनीहरूले पनि बाइडनलाई डेम्क्र्याटिक पार्टीको उम्मेदवारी त्यागेर मात्रै नपुग्ने भन्दै ह्वाइट हाउस पनि छाड्न भनेका छन्।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
click on this logo for home page
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक