केपी शर्मा ओली देशको दोस्रो ठुलो पार्टी एमालेको अध्यक्ष मात्र होइन वहाँ देशकै प्रधानमन्त्री जस्तो मान्छे, जब आफ्नो पदीय मर्यादा चटक्क बिर्सेर नौ जना मान्छेको उपस्थितिमा व्यक्तिका घर घरमा काम न काजको अवैतनिक बाणिज्यदुत र उसको कार्यालय भन्दै र उद्घाटन गर्दै हिंड्नुहुन्छ भने त्यस्तो प्रधानमन्त्री बाट देश र जनताले के अपेक्षा गर्ने ? त्यो पनि अझै देश र जनताले यती ठुलो प्राकृतिक विपत्ति भोगिरहेका बेला । यस्तो बुद्धि हुने र सल्लाह दिनेहरू, पछि पछि चाकडी चाप्लुसी गर्दै हिँड्ने, आरती उतार्ने प्रवासी नेपाली मञ्चका कार्यकर्ताहरू, तपाईँहरू किन यति साह्रै अबुझ हुनुभएको हँ ?? यो विरोधका लागि विरोध गरेको होइन है कृपया एक पटक आफ्नो छातीमा हात राखेर सोँच्नुस त ! यो भिडियो हेर्नुस्, टाउका गन्नुस् र भन्नुस् के यो सही थियो ? भद्र असहमति र रचनात्मक सुझाव राख्न सक्नुहुन्छ तर केपी "बा" भन्दै अवैध सन्तान बनेर आउनुहुने र अरिङ्गाल बनेर टोक्न खोज्नु हुने महानुभावहरूलाई मेरो वालमा न आइदिनुहुन सादर र भद्रतापूर्ण आग्रह छ । म तितो सत्य बोल्छु र मेरो स्वतन्त्र अभिव्यक्ति राख्ने गर्दछु । मलाई कसैसँग कुनै लेना देना छैन र कुनै पार्टी वा राजनीतिसँग निकट हुन वा राजनीति गर्न छँदा पनि छैन, हुने पनि छैन ।
स्मरण रहोस्, अमेरिकामा नेपाली राजदूतावास छ यहाँ राजदूत छन्, हुन्छन्, सरकारी कर्मचारीहरू छन्, न्युयोर्कमा अर्को महाबाणिज्यदुताबास छ जहाँ परराष्ट्र मन्त्रालय बाटै आउने सरकारी कर्मचारी नै महावाणिज्यदूत छन्, कर्मचारीहरू छन् । अवैतनिक बाणिज्यदुत आफ्ना निकटहरूलाई भिराउने काम न काजको नियुक्ति हो जसको कुनै अर्थ छैन । नेपालमा जो सत्तामा जान्छन् उनीहरूले आफ्ना निकटहरूलाई यो काम न काज को अवैतनिक बाणिज्यदुत बनाउने चलन छ । अनि यस्तो काम न काजको अवैतनिक बाणिज्यदुत पदका लागि नेताहरूको निर्लज्ज चाकडी गर्ने, अझै पैसा नै पेल्ने नेपालीहरू देख्दा उदेक लाग्छ । नेपाल बाहिर धेरै देशमा यस्तो काम न काज को नियुक्ति गरिँदै आएको छ । यस बारेमा नेपालमा यसको बारेमा बहस सुरु होस । सत्य तितो हुन्छ ।
- रामप्रसाद खनाल - प्रधान सम्पादक, नेपाल मदर
अमेरिका सम्पादक - एभेन्युज खबर, एभेन्युज टेलिभिजन
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक