भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सरकारले बाढीपहिरो प्रभावितहरूका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने गरी निर्णय गरेको हो । बैठकले मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ । सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो । मन्त्रिपरिषद्को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ । बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । सबै क्षेत्रको क्षतिको विवरण आइनसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीहरूलाई मंगलबार दिउँसोसम्ममा क्षतिको विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी अहिलेसम्म २०९ जनाको निधन भएकोसहित क्षतिको विवरणबारे जानकारी गराएका थिए ।
उता कार्यक्रम सम्पन्न भएको ५ दिन बितिसक्दा पनि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर स्वदेश फर्केका छैनन् । मुलुकमा बाढीपहिरो र डुबानले जनधनको क्षति भएको र उद्धारमा समेत खट्नुपर्ने सुरक्षा निकायका प्रमुख यही बेला विदेशमा छन् । प्रहरी महानिरीक्षक कुँवर असोज ७ गते ग्रीसका लागि प्रस्थान गरेका थिए । उनी ग्रीसको राजधानी एथेन्समा आयोजित ३८ औं अन्तर्राष्ट्रिय लागुऔषध कार्यान्वयन सम्मेलनमा भाग लिन गएका थिए । अमेरिकाको 'ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन'ले आयोजना गरेको कार्यक्रम असोज ८ गते सुरु भएर १० गते सकिएको थियो । तर, महानिरीक्षक कुँवर भने १४ गतेसम्म पनि स्वदेश फर्किएका छैनन् ।
यता बाढीपहिरोबाट मुलकले विपद्को सामना गर्नुपरिरहेकै बेला तत्काल उद्धार र राहत बन्दोबस्तको प्रशासनिक नेतृत्व गर्नुपर्ने सरकारका मुख्यसचिव एकनारायण अर्याल भने गृहजिल्ला स्याङ्जाका विभिन्न ठाउँमा पञ्चेबाजासहित माला, खादासहितको सम्मान थाप्न व्यस्त थिए भन्दै उनको पनि निकै आलोचना भाईरहेको छ ।
यसैगरी विपद् पूर्व तथा विपद्का पछाडि महत्त्वपूर्ण भूमिका खेल्नलाई स्थापना गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बाढीपहिरोले ठूलो क्षति पुर्याएकै दिन गत शनिबार बेलायततर्फ लागेकोमा पनि निकै आलोचना भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पररास्ट्र मन्त्री आरजु राणा देउबा पनि बिपत्तिको घडीमा अमेरिकामा रहेकोमा पनि निकै रोस प्रकत भएका थिए । ओली भर्खरै नेपाल फर्किएका छन ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक