20240929

नेपालमा बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १७० को मृत्यु भएको, ५५ जना बेपत्ता भएका विवरणहरु अपडेट


 अमेरिकामा प्रधानमन्त्री केपी ओली ब्यक्तिको घरमा पुगेर काम न काजको कार्यालयको बोर्डको उद्घाटन गर्न ब्यस्त रहेकै बेला नेपालमा बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १७० को मृत्यु भएको, ५५ जना बेपत्ता भएका विवरण हरु अपडेट भएका छन् । विपद्‌मा परी एक सय एकजना घाइते भएका छन् । धनजनको निकै छाती भएको छ भने   बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । उनकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

यसै बिच नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना कर्मचारी तथा सुरक्षाकर्मी हराइरहेका छन् ।

गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढी पहिरोले विद्युत् आयोजना र प्रसारण लाइनलगायतमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानमा आधारमा आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै पनि यति क्षति हुन पुगेको ऊर्जामन्त्री दिपक खड्काले बताए ।

‘सबैतिरबाट विवरण आउन बाँकी छ । जल तथा मौसम पूर्वानुमान विभागले यस्तो बाढी आउने पूर्वानुमान गरेको र त्यसका आधारमा विद्युत् आयोजनाहरूलाई पहिल्यै जानकारी गराउँदा गराउँदै पनि यति क्षति भएको हो । पूर्वानुमान नआएको भए अझै ठूलो क्षति हुने थियो,’ ऊर्जामन्त्री खड्काले बताए ।

गत वर्ष पूर्वी क्षेत्रमा मात्रै आएको बाढीले करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा अहिलेको क्षति कम रहेको पनि ऊर्जामन्त्री खड्काले बताए ।

‘हामीले विद्युत् आयोजनाहरूमा रातमा नबसीदिने, यातायातका साधन नचलाउनेलगायत निर्देशन दिएका थियौँ, त्यसले क्षति कम भएको हो,’ उनले भने । बाढी पहिरोले विद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा भएको क्षतिका कारण ११ सय मेगावाट विद्युत् उत्पादनमा अवरोध भएको मन्त्रालयले जनाएको छ ।

उत्पादन रोकिएका आयोजनामध्ये ६ सय २६ मेवावाट उत्पादन क्षमताका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको र आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ ।

त्यस्तै कुल १ हजार १० मेवाजडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीलगायत आयोजनामा ठूलो मात्रामा क्षति पुगेको र यसको यथार्थ विवरण आउन बाँकी रहेको बताए ।
उता काठमाडौंको एक कान्लामुनि नै भएको ठूलो मानवीय क्षतिले सडक प्रयोगकर्ताको सचेतना र राज्य संयन्त्रको व्यवस्थापकीय पाटोमाथि थप प्रश्न खडा गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले बेलैमा गराएको सचेतना र सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिने राज्यको निर्णय गलत सावित भएको छ ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म झ्याप्ले खोला पहिरोमा परी ३५ जनाको मृत्यु भइसकेको छ । भौतिक मन्त्रालयका प्रवक्ता ढकाल औपचारिक संयन्त्रका आह्वानलाई गम्भीर रूपमा नलिँदा यो राजमार्गमा ठूलो मानवीय क्षति भएको बताउँछन् ।

अर्कातर्फ, सरकारको चेतावनीबीच आफ्नो यात्राको योजनालाई दुई दिन पछाडि धकेल्ने चेष्टा नगरेका यात्रुको निर्णय समेत गलत सावित भएको छ ।

पूर्वाधारविद् किशोर थापा सडकमा ‘सेफ्टी फर्स्ट’ अवधारणा अभाव देखिएको बताउँछन् । जसभित्र दुर्घटनामात्र होइन, प्राकृतिक विपदबाट समेत बचेर यात्रा गर्नु हो । यस घटनाले यात्रुको अधैर्यता र राज्यको व्यवस्थापकीय कमजोरी दुवै उजागर भएको उनी बताउँछन् ।

‘सडकमा पहिलो सचेतना यात्रु र चालक आफैंले अपनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘दोस्रो जिम्मेवारी राज्यको हुन्छ, व्यवस्थापकीय चुस्तताको कमी यहाँ देखियो ।’



अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक