20240928

पहिरोबाट तीनवटा सवारीसाधन पुरिए : गाडी बाट १४ जनाको शव निकालियो, देश भर स्थिती बेहाल रहेको रिपोर्ट आइरहेका छन !


 
त्रिभुवन राजमार्गअन्तर्गत काठमाडौंको चन्दागिरि नगरपालिका–२ र धादिङको धुनिबेँसी नगरपालिका–९ स्थित सिमानामा पर्ने नागढुंगा–नौबिसे सडकखण्डको झ्याप्लेखोलामा पहिरो खस्दा गाडी पुरिएको छ । पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी छ । पहिरोमा पुरिएको गाडीबाट आठ पुरुष, पाँच महिलासहित १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ । लु १ ज ४५७८ नम्बरको गाडी बाट  १४ जनाको शव निकालिएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले पनि पुस्टि गरे । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् । “कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।” 

तस्बिरमा उद्धारका कार्य : 






 तस्बिर : नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रासस


अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।

 NepalMother.com


GO TO HOME PAGE

Go to Home Page


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक