नेपालमा सरकारले ड्राइभिङ लाइसेन्सको कार्ड समेत समयमै छापेर बितरण गर्न नसकेको लज्जाजनक अवस्था र चर्को बिरोधको बिच सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिँदै अब प्रिन्टसहितको लाइसेन्स खल्तीमा बोक्नुपर्ने झन्झटबाट मुक्त गरेको हल्ला गरेको छ । शुल्क लिएर पनि कार्ड छापेर दिन नसक्ने सरकारले दोश मुक्त हुन प्रयास गर्दै आइतबार गृहमन्त्री रमेश लेखकले डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गर्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा पूर्णडिजिटल प्रविधि लागु भएको घोषणा गरे । योसँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउँदा हुने भएको छ पनि भने । नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ । नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान गर्दा चालकको विवरण ट्राफिक प्रहरीले प्रयोग गरेको स्मार्टफोनमा देखिने छ । सोही आधारमा ट्राफिक प्रहरीले गरेको जाँचका आधारमा चालकलाई छोड्नुपर्ने हुन्छ ।
यदि, सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा भने ट्राफिक प्रहरीको स्मार्ट फोनमा देखिएको विभिन्न कसुर अन्तर्गतमा छानेर जरिवाना हुने छ । उक्त जरिवानासहितको चिट नम्बर सवारी चालकको नागरिक एपमा सेन्ट हुन्छ । सोही चिटका आधारमा चालकले ई–पेमेन्ट गर्न मिल्ने छ । ट्राफिक कक्षा लिन भने सम्बन्धित कार्यालय नै पुग्नुपर्ने छ । कक्षा नलिुनपर्ने कसुरमा भने चालकले स्क्यानबाट रकम तिर्दा पुग्ने छ । कसुर क्लियर भएको सूचनासमेत नागरिक एपमार्फत नै जानकारी हुने छ । तर, कक्षा लिनु पर्ने अवस्थामा नलिँदासम्म कक्षाका लागि एपमार्फत नै जानकारी गराउने र कक्षा नलिँदासम्म ‘नोटिफिकेसन’ आइराख्ने छ । दोस्रो चरणमा भने ट्राफिक कक्षा लिनुपर्ने बाध्यतालाई पनि हटाएर अनलाइन कक्षा लिने गरी व्यवस्था गरिने उपत्यका ट्राफिक प्रहरीका प्रमुख डीआईजी भरतबहादुर बोहराले जानकारी दिए । हाल काठमाडौंउपत्यकामालागु गरिएको डिजिटल प्रविधि देशभर लागु गर्ने तयारी सरकारले गरेको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक