20241129

काठमाडौँबाट गोकुलगंगा जाँदै गरेको सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको थियो भने ३ जना घाइते

रामेछापको गोकुलगंगा गाउँपालिका वडा ६ फर्पुमा भएको सुमो दुर्घटना परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नः ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, सोही सुमोका चालक मन्थली नगरपालिका ८ चिसापानी घर भएका हिराबहादुर कार्की रहेका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका ५ कि ३० बर्षकि कविता खड्का र सोही स्थानकि बर्ष ७ स्वस्तिका खड्का रहेका छन् भने एक जना मृतकको पहिचान हुन बाकिँ रहेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनमा परि घाइते भएका ३ जनाको अवस्था मध्यम रहेको र उपचारका लागि मन्थली पठाइएको गोकुलगंगा गाउँपालिका ६ का वडाअध्यक्ष चन्द्र बहादुर सुनुवारले बताए । शुक्रबार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको निधन भएको थियो भने ३ जना घाइते भएका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक